बिहीबार, फागुन १४, २०८२

डिसेम्बर १ देखि यी जीमेल अकाउन्ट डिलिट गर्दै गुगल, यसरी बचाउनुहोस्

मेरोन्यूज २०८० मंसिर १० गते १६:२२

काठमाडौं । जीमेल प्रयोगकर्ताहरु विश्वभर ठूलो संख्यामा रहेका छन्। पहिले ‘याहू’ र ‘रेडिफ’ लोकप्रिय इमेल प्लेटफर्महरू थिए तर अहिले भने जीमेल खाता सबैभन्दा लोकप्रिय छ।

Advertisement
nepal life insurencenepal life insurence

तपाईंले वा तपाईंले सुन्नुभएको जो कोहीसँग पक्कै पनि जीमेल खाता छ। गुगलको पछिल्लो निर्णयले केही जिमेल प्रयोगकर्तालाई झट्का लाग्नेवाला छ ।

वास्तवमा गुगलले भर्खरै आफ्नो निष्क्रिय खाता नीतिमा महत्त्वपूर्ण अपडेट घोषणा गरेको छ। जसमा २०२३को डिसेम्बर १ देखि, गुगलले कम्तीमा २ वर्षदेखि निष्क्रिय रहेका खाताहरू मेटाउने बताइएकाे छ । कम्पनीले जीमेल, फोटोहरू, ड्राइभ कागजातहरू, सम्पर्कहरू समावेश गर्ने निष्क्रिय खाताहरूसँग सम्बन्धित सामग्री पनि हटाउने भएको छ ।

यस वर्षको मे महिनामा गुगलले पुरानो वा निष्क्रिय खाताहरूमा छेडछाड हुने सम्भावना बढी रहेको खुलासा गरेको थियो र यसबाट बच्न कम्पनीले आफ्नो निष्क्रिय खाता नीति अपडेट गरेकाे थियाे ।

तपाईँले पनि २ वर्षअघि गुगल एकाउन्ट बनाएर त्यसलाई नचलाई राखिरहनु भएको छ भने कम्पनीको तर्फबाट तपाईँले नोटिफिकेशन पाउनु हुनेछ । त्यसपछि खाता डिलिट हुनेछ ।

कम्पनीले यस्ता प्रयोगकर्तालाई मेल पठाइरहेको छ । यसमा कम्पनीले प्रयोगकर्तालाई यही डिसेम्बर १ देखि इनएक्टिभ एकाउन्टलाई हटाइने भनेर अलर्ट गरिएको छ ।

जीमेल खाता डिलिट हुनबाट कसरी बच्ने ?

गुगल एकाउन्टलाई बचाइराख्ने हो भने हरेक दुई वर्षमा कम्तीमा एक पटक आफ्नो एकाउन्टमा लगइन गर्नुस् । यसका लागि अन्य उपायहरु पनि छन् । इमेलहरू पठाउनुस् र पढ्ने पनि गर्नुस् । गुगल ड्राइभको प्रयोग गर्नुस् । कुनै युट्युब भिडियो हेर्नुस् । गुगल प्ले स्टोरबाट कुनै एप डाउनलोड गर्नुस् । गुगल सर्चको प्रयोग गर्नुस् ।

यसो गर्दा तपाईको खाता सक्रिय मानिनेछ र डिलिट हुने छैन।

प्रतिक्रिया