शनिबार, चैत २१, २०८२

नेपाल सुपर लिग फुटबल : धनगढी विजयी

मेरोन्यूज २०८० मंसिर १० गते २१:२१

काठमाडौँ / राजधानीमा जारी नेपाल सुपर लिग फुटबल प्रतियोगितामा साविक उपविजेता धनगढी एफसीले वीरगञ्ज युनाइटेड एएफसीलाई पराजित गर्दै विजयी सुरुवात गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला मैदानमा भरखरै सम्पन्न खेलमा धनगढीले वीरगञ्जमाथि २–१ को जित निकालेको हो । धनगढीका लागि फोडे फोफानाले खेलको दोस्रो मिनेटमै अग्रता दिलाएका थिए ।

त्यसपछि वीरगञ्जका लागि हान्स क्वाफीले खेलको पहिलो हाफको अन्तिम समयमा पेनाल्टीमा गोल गर्दै खेललाई एक/एक गोलको बराबरीमा ल्याए । फलु डियाग्नेले ह्याण्डबल गरेपछि वीरगञ्जले पेनाल्टी पाएको थियो ।

त्यसपछि खेलको ८९औँ मिनेटमा कृतिश रत्न छुन्जुको पासमा अहमद हिजाजीले गोल गर्दै धनगढीको जित पक्का गरे । जितसँगै धनगढीले प्रतियोगितमा तीन अङ्क जोडेको छ ।

भोलि झापा एफसी र स्पोर्टिङ मेची इलामबीच खेल हुनेछ ।

Advertisement
nepal life insurencenepal life insurence

प्रतिक्रिया