एमालेको झुलाघाट–चिवाभञ्ज्याङ अभियान
१८ दिने अभियान, १४ बढी ठाउँमा यसरी हुँदैछ सभा (सूचीसहित)
दर्जनौँ स्थानमा भेटघाट, अन्तरक्रिया र जनतासँग प्रत्यक्ष संवाद गर्ने लक्ष्य

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी बिहिबारबाट मध्यपहाडि लोकमार्ग केन्द्रित विशेष अभियान सञ्चालन गदैछ । एमालेले मध्यपहाडि ९पुष्पलाल० लोकमार्ग केन्द्रित रहेर बैतडिको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म १८ दिने अभियान चलाउन लागेको हो ।
एमालेले यसलाई झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा नाम दिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७५ औं वर्षको अबसरमा ७५ वर्ष अगाडि पुष्पलाल लगायत अग्रजहरूले निर्माण गरेको पार्टीको हीरक वर्ष जस्तो महत्वपूर्ण ‘माइलस्टोन’ पुष्पलालकै नाममा निर्माणाधीन लोकमार्गमा केन्द्रित गरेर कार्यक्रम एमालेले गर्न लागेको हो ।
उसले अभियानका क्रममा १४ भन्दा बढी ठाउँमा कोणसभा र दर्जनौँ स्थानमा भेटघाट, अन्तरक्रिया र जनतासँग प्रत्यक्ष संवाद गर्ने लक्ष्य राखेको एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
अध्यक्ष केपी ओलीले मंसिर १४ गते बिहान ८ः३० बजे बैतडीको झुलाघाटमा राष्ट्रिय झन्डा झन्डोत्तोलन गरी अभियान आरम्भ गरिने एमालेले जनाएको छ । सो अभियानको सन्दर्भ झल्काउने गरी निश्चित स्मृतिचिन्ह स्थापनासँगै पाँचथरको चिवाभञ्ज्याङमा अभियानको समापन हुनेछ ।
१८ दिन १४ सभा
एमालेले यो अभियान १८ दिन चल्ने बताएको छ । त्यसबीचमा १४ सभा गर्ने र सबै सभामा अध्यक्ष केपी ओलीले छोटो र सम्झिप्त सम्बोभन गर्ने गरी एमालेले कार्यतालिका बनाएको छ ।
अभिायन सभापन भएको भोलिपल्ट १९ औँ दिनमा एमालेको टोली पाँचथरबाट काठमाडौँ फर्कनेछ ।
बैतडीको गोठालापानी, दिपायलकोअमरगढी, अछामको मंगलसेन, दैलेखको राकम, सुर्खेतको सुर्खेत बजार, रुकुमकोटको वामी टक्सार, पर्वतको कुश्मा, गोरखाको सुन्दरबजार, नुवाकोटको विदुर, काभ्रेपलाञ्चोकको मण्डन, दोलखाको चरिकोट, ओखलढुंगाको हर्कपुर, भोजपुरको वसन्तपुर र पाँचथरको फिदिममा एमालेले सभा गर्ने गरि तय गरेको छ ।
कुन दिन के हुन्छ ?
पहिलो दिन झुलाघाट हिँडेको एमालेको अभियान टोली अमरगढी पुगेर बास बस्नेछ । सोही दिन त्रिपुरासुन्दरी, खोड्पे, र अनारखोलीमा भेटघाट गर्दै एमालेको टोलीले गोठालापानीमा आरम्भ सभा गरेर तुफान डाँडामा थप कार्यक्रम राखेको छ । दोस्रो दिन अमरगढीबाट हिँडेको टोली सिलगढीमा बास बस्दै सकाली, गोपघाट, राजपुर चोक दिपालमा भेटघाट गरेर सिलगढीमै कोणसभा गर्नेछ ।
तेस्रो दिन अछामको साँफेबगर हुँदै चौखुट्टे, मार्कु बयलपाटामा भृटघाट गरेर मंगलसेनमा सभा गर्नेछ । चौथो दिन दैलेख पुग्ने एमाले टोलीले गौरी टाँड, शीरस्थान, दैलेख बजार हुँदै राकममा सभा गर्नेछ । पाँचौँ दिन एमालेको टोली सुर्खेतका लागि प्रस्थान गर्नेछ । सोही दिन सुर्खेतमा सभा र भेटघाटपछि रुकुमकोटको रातमाटे, भेरीबबई डाइभर्सन सल्लीबजार र सेरी गाउँमा भेटघाट गरेर रिम्नामा पुनर्निर्माणसम्बन्धी छलफल गर्नेछ ।
सातौँ दिन वामी टक्सारमा सभा गरेर आठौँ दिन बाग्लुङ हुँदै कुश्मामा पुगेर सभा गर्ने कार्यक्रम तय गरेको एमालेले नवौँ दिन पोखराका लागि प्रस्थान गर्नेछ । सो दिन पोखरामा बास बस्ने बास बस्न गोरखा आउने छ । गोरखामा भोर्लेटार, धमिलीकुवा, पालुङटारमा भेटघाट गरेर सुन्दर बजारमा सभाको आयोजना गर्नेछ ।
दशौँ दिन आरुघाटमा भेटघाट हुँदै नुवाकोटको विदुर पुग्ने र सोही स्थानमा भेटघाट राखेको छ । विदुरमा सभा गरेर ११ औँ दिन मङ्सिर २४ गते चिसापानी धुलिखेल हुँदै काभ्रेको मण्डन र कुन्तावेसीमा सभा गर्नेछ । १२ औँ दिन धुलिखेलबाट दोलखाको दोलालघाट, खाँडीचौर, हुँदै चरिकोट पुगेर कोणसभा गर्नेछ ।
त्यसपछि रामेछापको मन्थली, उदयपुरको घुर्मी हुँदै ओखलढुंगाको हर्कपुरमा सभा गर्नेछ । चौधौँ दिन दिक्तेल, भोजपुरलगायतका जिल्लामा भेटघाट गर्ने टोलीले मङ्सिर २८ मा भोजपुरबाट पाँचथर र तेह्रथुमतर्फ लाग्ने छ । त्यसपछि पाख्रिवास हुँदै वसन्तपुर पुगेर सभा गर्ने टोलीले संक्रान्तिबजार, म्याङ्लुङ हुँदै १७ औँ दिनका दिन पाँचथरको फिदिममा सभा गर्नेछ ।
१८ औँ दिन पुस १ गते फिदिमबाट सम्भावित भेटघाट च्याङथापुमा गर्ने र त्यहाँबाट काठमाडौँका लागि प्रस्थान गर्नेछ । पुस ५ गते काठमाडौँमा औपचारिक रूपमा यात्राको समापनको सूचना सम्प्रेषण गर्ने एमालेको तयारी छ ।
















‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बाढीका कारण सिद्विचरण राजमार्ग पूर्ण रुपमा अवरुद्ध
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास
नेपालगन्जमा कारको ठक्करबाट बालकको मृत्यु
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
अमेरिकामा विद्युतीय सवारीमा प्राविधिक समस्या, २ लाख बढी सवारी फिर्ता सुरु
धादिङ केन्द्रबिन्दु भएर भूकम्प
प्रतिक्रिया