फुटबल : इलामले झापालाई हरायो

काठमाडौँ । स्पोर्टिङ इलाम फुटबल क्लबले झापा एएफसीलाई पराजित गर्दै नेपाल सुपर लिग (एनएसएल) मा पहिलो जित दर्ता गराएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला मैदानमा सम्पन्न खेलमा इलामले झापालाई १–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । विदेशी खेलाडी अमाथ एनडाले गरेको एक गोल इलामका लागि निर्णायक गोल साबित भयो । उनले खेलको ८७औँ मिनेटमा गोल गरे ।
त्यसअघि खेलको ८२औँ मिनेटमा इलामले पेनाल्टी पाएको थियो । तर अमाथ पेनाल्टीमा गोल गर्नबाट चुकेका थिए । योगेश गुरुङले पेनाल्टी क्षेत्रभित्र भरत खवासलाई लडाएपछि रेफ्री उमेश बिडारीले पेनाल्टी दिएका थिए । तर अमाथको प्रहार पोस्टभन्दा माथिबाट बाहिर गयो ।
दुई खेल खेलको इलामको यो पहिलो जित हो । यसअघि भएको पहिलो खेलमा इलाम काठमाडौँ रेजर्ससँग १–० गोलअन्तरले पराजित भएको थियो । भोलि फुटबल क्लब चितवन र काठमाडौँ रेजर्स फुटबल क्लबबीच खेल हुनेछ । उक्त खेल साँझ ५ः३० बजे हुनेछ ।
















स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
प्रतिक्रिया