आइतबार, वैशाख २७, २०८३

निमावि शिक्षकको लाइसेन्स परीक्षामा ८.६१ प्रतिशत मात्रै पास

मेरोन्यूज २०८० मंसिर १३ गते ७:३४

काठमाडौं । शिक्षक सेवा आयोगले लिएको निम्न माध्यामिक तहको लाइसेन्स (अध्यापन अनुमति पत्र) परीक्षामा ८.६१ प्रतिशत परीक्षार्थी मात्रै पास भएका छन् ।

Advertisement
NiccNicc

बुधबार सार्वजनिक भएको नतिजा अनुसार एक लाख ५१ हजार १२ जना सहभागी भएको परीक्षामा १३ हजार ७ जना मात्रै उतीर्ण भएका हुन् ।

आयोगका अनुसार कोशी प्रदेशमा २४ हजार ३९ सहभागी भएकामा दुई हजार १३० (८.८६ प्रतिशत), मधेश प्रदेशमा २२ हजार ८५५ सहभागीमध्ये एक हजार ६१४ (७.०६ प्रतिशत), बागमतीमा १७ हजार ६५१ सहभागी मध्ये दुई हजार दुई (११.३४ प्रतिशत) परीक्षार्थी उत्तीर्ण भएका छन् ।

त्यस्तैगरी गण्डकी प्रदेशमा ११ हजार ८९७ सहभागीमध्ये एक हजार १५२ (९.६८ प्रतिशत), लुम्बिनी प्रदेशमा २९ हजार २३० सहभागीमध्ये दुई हजार ८६३ (९.७९ प्रतिशत), कर्णाली प्रदेशमा २४ हजार १५४ सहभागी मध्ये एक हजार ५७४ (६.५२ प्रतिशत) र सुदूरपश्चिम प्रदेशमा २१ हजार १८६ सहभागीमध्ये एक हजार ६७२ (७.८९ प्रतिशत) उत्तीर्ण भएका छन् ।

प्रतिक्रिया