आइतबार, वैशाख २७, २०८३

कोशीको बजेट प्रतिस्थापन विधेयकमा एमाले र राप्रपाको खर्च कटौतीको प्रस्ताव

मेरोन्यूज २०८० मंसिर १३ गते १३:१३

विराटनगर । कोशी प्रदेश सरकारले ल्याएको बजेट प्रतिस्थापन विधेयकमा एमाले र राप्रपाले आठ वटा खर्च कटौतीको प्रस्ताव दर्ता गरेका छन् ।

Advertisement
NiccNicc

सोमबार र मंगलबार भएको बजेटमाथिको छलफल सकिएपछि एमालेका प्रदेशसभा सदस्यहरूले ६ वटा र राप्रपाकाले २ वटा खर्च कटौतीको प्रस्ताव संसद सचिवालयमा दर्ता गरेका हुन् ।

छलफलपछि खर्च कटौतीको प्रस्ताव दर्ता गर्नका लागि आज विहान ११ बजेसम्मका लागि समय दिएको थियो ।

कोशीमा बुधबार दिउँसो १ बजेपछि प्रदेशसभा बैठक बस्दैछ । बैठकबाट विनियोजन विधेयक पास गर्ने सरकारको तयारी छ ।

प्रतिक्रिया