आइतबार, वैशाख २७, २०८३

रास्वपाको घोषणा : पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली, उदार अर्थतन्त्रमा विश्वास

मेरोन्यूज २०८० मंसिर १३ गते १६:२४

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आफूलाई लोकतान्त्रिक पार्टी घोषणा गरेको छ ।

Advertisement
NiccNicc

महोत्तरीको जलेश्वरमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकका क्रममा बुधबार पार्टी दस्तावेजको प्रस्तावनामा पारित गर्दै रास्वपाले आफूलाई लोकतान्त्रिक दल घोषणा गरेको हो ।

“राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबै नेपालीको समतामूलक उन्नतिप्रति कटिबद्ध सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक पार्टी हो,” पारित प्रस्तावनामा भनिएको छ, “यसको ध्येय वैयक्तिक स्वतन्त्रता र मौलिक हकको प्रत्याभूतिपूर्वक पूर्णलोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीभित्र विधिमा आधारित जवाफदेहीपूर्ण असल शासनमार्फत् समन्यायिक समावेशी समाज निर्माण गर्नु हो ।”

रास्वपाले पारित गरेको प्रस्तावनामा शान्तिपूर्ण मार्गबाट समाजवादका प्रधान लक्ष्यहरु प्राप्त गर्ने निर्देशक सिद्धान्त बनाएको छ ।

‘राष्ट्रिय नीति तथा कार्यक्रमका आधारमा राज्य सञ्चालनको अठोटलाई संवैधानिक समाजवादका रुपमा व्याख्या गर्दै अप्रिय ऐतिहासिक विरासतका रुपमा विद्यमान लैङ्गिक, जातीय, वर्गीय, क्षेत्रीय लगायत सबै प्रकारका संरचनात्मक विभेदहरुविरुद्ध निर्णायक सम्बोधन गर्न अवसरहरुको न्यायिक वितरण, पहुँच र उपयोगमा जोड दिइनेछ,’ प्रस्तावनामा भनिएको छ ।

बैठकले सबै सांसदहरूलाई केन्द्रीय सदस्य मनोनित पनि गरेको छ।

प्रतिक्रिया