मंगलबार, माघ १, २०८१

स्वर्णिम वाग्ले बने रास्वपा उपसभापति, मर्यादाक्रममा तेस्रो

उपसभापतिमा दुई जना, सहमहामन्त्रीमा थपिए सुमना श्रेष्ठ र विपिन आचार्य

मेरोन्यूज २०८० मंसिर १३ गते १८:३५

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले डा. स्वर्णिम वाग्लेलाई उपसभापति मनोनीत गरेको छ।

Advertisement

महोत्तरीको जलेश्वरमा बसेको पार्टीको केन्द्रीय समिति बैठकले उनलाई उपसभापति बनाएको हो।

रास्वपाको विधानमा दुई जना उपसभापति रहने व्यवस्था छ। पार्टीको उपसभापतिमा यसअघि डीपी अर्यालमात्रै थिए। वाग्लेको वरीयता अर्यालको भन्दा पछाडि हुनेछ ।

यस्तै सहमहामन्त्रीमा कविन्द्र बुर्लाकोटी, सुमना श्रेष्ठ र विपिन आचार्य चयन भएका छन् ।

बैठकले संसदीय दलको उपनेतामा विराजभक्त श्रेष्ठलाई निरन्तरता दिएको छ । पार्टी कोषाध्यक्ष लिमा अधिकारी सह-कोषाध्यक्ष वसुमाया तामाङ र दीपक बोहरालाई तोकेको छ ।
यस्तै पार्टीका सहप्रवक्तामा मनिष झा, प्रतिभा रावल, रमेश प्रसाई रहेका छन् ।

रास्वपाले २१ सदस्यीय सचिवालय पनि गठन गर्ने निर्णय लिएको छ । सचिवालयमा तत्कालका लागि पदाधिकारीसहित संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ र प्रमुख सचेतक सन्तोष परियारलाई थपिएको छ । सचिवालयका बाँकी सदस्य पछि थप गर्ने रास्वपाले जनाएको छ ।

प्रतिक्रिया