माओवादी र नेसपाबीच फागुनभित्रै एकता गर्ने तयारी
प्रचण्डपछिको दोस्रो वरियतामा रहेर बाबुराम भट्टराईले वैचारिक कार्यक्रमको नेतृत्व लिने समझदारी

काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी (नेसपा) बीच फागुन महिनाभित्रै पार्टी एकता गर्ने गरी तयारी अगाडी बढेको छ ।
दुबै पार्टीले पार्टीको नाम, झण्डा, चुनाव चिन्ह्र, पार्टीको कार्यदिशा लगायतका विषयमा शीर्ष नेतृत्वमै छलफल गरेर टुंग्गो लगाउने र फागुनभित्रै एकता गर्ने गरि तयारी अगाडी बढेको नेसपाका एक नेताले जानकारी दिए ।
उनका अनुसार पार्टीको नाम नेकपा (समाजवादी) राख्ने र चुनाव चिन्ह्र भने दुबै पार्टीले अहिले प्रयोग गरिरहेको भन्दा फरक राख्ने गरि छलफल अगाडी बढेको छ । अहिले नेकपा (माओवादी केन्द्र)ले गोलाकारभित्रको हसियाँ हथौडा र नेसपाले आँखा चुनाव चिन्ह्र प्रयोग गदैं आएको थियो । तर नेसपाले गत वर्षको प्रतिनिधिसभा तथा प्रदेश सभा चुनावमा माओवादीको चुनाव चिन्ह्रमा चुनाव लडेको थियो ।
बाबुरामले पहिले नेपाल कम्युनिष्ट पार्टी नस्वीकार्ने बताएपनि उनी अब नेकपालाई स्वीकार गरेर अगाडी बढ्न तयार भएका छन् । बाबुरामको पार्टीले बाबुरामकै नेतृत्वमा ६ सदस्यीय कार्यदल बनाईसकेको छ । माओवादी केन्द्रले पनि अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डको युएई भ्रम्ण लगत्तै प्रचण्डकै नेतृत्वमा शीर्ष कार्यदल बनाएर दुवै पार्टीका बीचमा छलफल गर्ने तयारी गरेको छ ।
दुबै पार्टीका वार्ता टोलीले औपचारिक अनौपचारिक तहमा गरेको वार्तामा प्रचण्डले समग्र पार्टी र संगठनात्मक नेतृत्व लिने र प्रचण्ड पछिको दोस्रो वरियतामा रहने गरि बाबुराम भटटराईलाई पार्टीको वैचारिक कार्यक्रमको नेतृत्व गर्न दिने गरि समझदारी बनिरहेको छ ।
माओवादी केन्द्रमा अहिले प्रचण्ड पछिको दोस्रो वरियतामा नारायणकाजी श्रेष्ठ छन् ।
२०७२ साल असोज ९ मा बाबुराम तत्कालिन एकीकृत माओवादीसँग अलग भएका थिए । माओवादीलाई स्टिकर लागेको रातो घर भनेर बाबुराम नयाँ शक्ति बनाउने भन्दै पार्टी छोडेर हिँडेका थिए । तर उनी त्यसरी जान सफल नभएको र प्रचण्डको पार्टी पनि दिनहुँ कमजोर बन्दै जान थालेपछि दुबैले एकताको आवश्यकता महसुस गरेका हुन् ।
त्यही आधारमा ८ वर्षपछि फेरि बाबुराम र प्रचण्ड मिलेर नयाँ शिराबाट पार्टी अगाडी बढाउन चाहेका हुन् ।
नेसपाका सहअध्यक्ष तथा वार्ता समितिका संयोजक गंगानारायण श्रेष्ठका अनुसार, अब प्रधानमन्त्री कोप(२८ बाट फर्किएपछि एकता संयोजन समितिको बैठक बस्छ । माओवादीले पनि अध्यक्ष प्रचण्डकै नेतृत्वमा संयोजन समिति बनाउँछ । त्यसैले नेताहरुको व्यवस्थापन लगायत सबै विषयमा छलफल गरेर जाने तयारी भएको छ ।
नेताहरुका बीचमा मोटामोटी फागुनभित्रै पार्टी एकता गर्ने बारेमा भने करिव सहमति बनेको छ ।
पार्टीको नाम, झण्डा र संगठनात्मक संरचनाबारे संयोजन समितिले टुंग्गो लगाउने छ ।

शितल शर्मा
मेरोन्यूजकर्मी शर्मा राजनितिक र समसामयीक विषयमा कलम चलाउछन् ।















‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बाढीका कारण सिद्विचरण राजमार्ग पूर्ण रुपमा अवरुद्ध
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास
नेपालगन्जमा कारको ठक्करबाट बालकको मृत्यु
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
अमेरिकामा विद्युतीय सवारीमा प्राविधिक समस्या, २ लाख बढी सवारी फिर्ता सुरु
धादिङ केन्द्रबिन्दु भएर भूकम्प
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा कालिकोटमा राहत वितरण
प्रतिक्रिया