महासमिति बैठकमा हिन्दुराष्ट्र स्थापनाको विषय प्रवेश गराउन देउवा सकारात्मक
मेरोन्यूज
२०८० मंसिर १५ गते १५:३४

काठमाडौं । आगामी पुसमा बस्ने कांग्रेस महासमिति बैठकमा वैदिक सनातन हिन्दु राष्ट्र स्थापनाको विषय प्रवेश गराउन पार्टी सभापति शेरबहादुर देउवा सकारात्मक रहेको केन्द्रीय सदस्य शंकर भण्डारीले बताएका छन् ।
शुक्रबार बिहान धुम्बाराहीस्थित निवासमा भेटेर आफूले राखेको धारणामा देउवा सहमत भएको उनको भनाइ छ ।
‘आदरणीय पार्टी सभापति शेरबहादुर देउवाज्यूसँग बिहान धुम्बाराहीस्थित उहाँको निवासमा भेट गरी आसन्न महासमिति बैठकमा वैदिक सनातन हिन्दु राष्ट्र स्थापनाको विषयलाई प्रवेश गराउनुपर्छ भनी आफ्नो धारणा राखें । यस विषयमा पार्टी सभापतिज्यू सकारात्मक रहेको पाएको छु’ सामाजिक सञ्जालमा उनले लेखेका छन् ।
भण्डारीले वैदिक सनातन हिन्दु राष्ट्र स्थापना, प्रदेश संरचना खारेजी र निर्वाचन प्रणाली परिवर्तन गर्ने विषयमा आफ्नो निरन्तर खबरदारी रहने जानकारीसमेत दिएका छन् ।
सम्बन्धित
















नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बाढीका कारण सिद्विचरण राजमार्ग पूर्ण रुपमा अवरुद्ध
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
अमेरिकामा विद्युतीय सवारीमा प्राविधिक समस्या, २ लाख बढी सवारी फिर्ता सुरु
धादिङ केन्द्रबिन्दु भएर भूकम्प
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा कालिकोटमा राहत वितरण
प्रतिक्रिया