जनमतले तोक्यो वडादेखि प्रदेश अधिवेशनको मिति
मेरोन्यूज
२०८० मंसिर १५ गते १८:०९

काठमाडौँ । सीके राउत नेतृत्वको जनमत पार्टीले वडा तहदेखि प्रदेशसम्मको अधिवेशन गर्ने मिति घोषणा गरेको छ ।
जनमत पार्टीका प्रवक्ता डा।शरतसिंह यादवका अनुसार पुस १५ गतेदेखि माघ १५ गतेसम्म सबै वडा समितिको अधिवेशन गरिसक्नु पर्ने हुन्छ । त्यस्तै माघ १५ गतेदेखि फागुन १५ गतेसम्म सम्पूर्ण पालिका समितिको अधिवेशन गर्ने मिति तय भएको प्रवक्ता यादवले बताएका छन् ।
चैत ३ गते सम्पूर्ण जिल्लाको अधिवेशन गर्ने तथा २०८१ वैशाख २४–३० गतेसम्म प्रदेशको अधिवेशन गरिसक्नु पर्ने पार्टीले निर्णय गरेको उनले बताए ।
वडा तथा पालिकाको अधिवेशन बारे भएको निर्णयको माइन्युट फागुन २० गतेभित्र पार्टी केन्द्रीय सचिवालयलाई पठाउन पनि वडा तथा पालिका समितिलाई पार्टीले निर्देशन दिएको छ ।

सम्बन्धित
















नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बाढीका कारण सिद्विचरण राजमार्ग पूर्ण रुपमा अवरुद्ध
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
अमेरिकामा विद्युतीय सवारीमा प्राविधिक समस्या, २ लाख बढी सवारी फिर्ता सुरु
धादिङ केन्द्रबिन्दु भएर भूकम्प
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा कालिकोटमा राहत वितरण
प्रतिक्रिया