मधेस प्रदेशले जित्यो केपी ओली कप

कास्की । मदन भण्डारी स्पोर्टस् एकेडेमीले पोखरामा आयोजना गरेको ‘केपी ओली कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट’ प्रतियोगिताको उपाधि मधेस प्रदेशले जितेको छ ।
आज पोखरा रङ्गशालामा भएको फाइनल खेलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई ११ रनले हराउँदै मधेसले उपाधि जितेको हो । उपाधिसँगै मधेसले नगद रु पाँच लाख, शिल्ड, पदक र प्रमाणपत्र पुरस्कार प्राप्त ग¥यो । उपविजेता बनेको आर्मीले रु दुई लाख ५० हजार, शिल्ड, पदक र प्रमाणपत्र पायो ।
पहिले ब्याटिङ गरेको मधेसले आर्मीलाई एक सय ३६ रनको लक्ष्य दिएको थियो । आर्मीले उक्त लक्ष्य भेटाउने क्रममा निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय २४ मात्र बनाउन सक्यो ।
आर्मीका कप्तान विनोद भण्डारीले ३२, विवेक यादवले २५, भीम सार्कीले २२, सोमपाल कामी र सन्तोष कार्कीले १६–१६ रन बनाए । रोहित पौडेलले पाँच, राजेश बुढामगरले तीन, बसिर अहमदले दुई रन जोड्नु हुँदा कुशल मल्ल शून्य रनमा आउट भए ।
बलिङतर्फ मधेसका कप्तान हरिशङ्कर साहले सर्वाधिक चार विकेट लिएका थिए । प्रदीप पासवानले दुई र प्रतीक यादवले एक विकेट हात पारे । टस जितेर पहिला ब्याटिङ गरेको मधेसले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ३५ रन बनाएको थियो । मधेसका विशाल पटेलले ४९, कप्तान हरिशङ्कर शाहले २७, हिमान्सु दत्तले १४ र विशाल सुस्लिङले १० रन जोडेका थिए । पवन सराफले नौ, इम्रान शेखले आठ, अनिल शाह छ, प्रदीप पासवानले चार, मायन यादवले तीन रन बनाए ।
बलिङतर्फ आर्मीका साहव आलम र विवेक यादवले तीन–तीन, सोमपाल कामी र बसिर अहमदले एक–एक विकेट लिए । प्रतियोगितामा ‘म्यान अफ द सिरिज’ बनेको मधेस प्रदेशका हरिशङ्कर शाहले रु ३० हजार प्राप्त गरे ।
प्रतियोगिताभर १० विकेट लिएका बागमती प्रदेशका कप्तान सन्दीप लामिछाने ‘बेस्ट बलर’ चुनिएका छन् । बागमती प्रदेशकै रित गौतम ‘बेस्ट ब्याट्सम्यान’ बने । उनीहरुले रु २०–२० हजार पुरस्कार प्राप्त गरेका छन् ।















हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास
नेपालगन्जमा कारको ठक्करबाट बालकको मृत्यु
आजका लागि विदेशी मुद्राको विनिमयदर स्थिर
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
यस्तो छ आज तरकारीको मूल्य
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
तीन दिनपछि खुल्यो बिपी राजमार्ग
प्रतिक्रिया