प्रधानमन्त्रीद्वारा कोप–२८को उच्च स्तरीय बैठकको अध्यक्षता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिमालय : जसले हामीलाई जलवायु प्रकोपबाट बचाउँछ विषयक उच्च स्तरीय गोलमेच बैठकमा आफ्नो अध्यक्षता सहित सम्बोधन गरेका छन् ।
नेपालले जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघको कार्यक्रममा छुट्टै इभेन्टको अध्यक्षता गर्दै उच्च स्तरीय बैठक सञ्चालन गरेको यो पहिलो पटक हो ।

यसैगरी, बैठकलाई संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विशेष सम्बोधन गरेका छन्, भने एन्डोराका प्रधानमन्त्री जेभियर इस्पोट जमोरा, काजिकिस्तानका विदेशमन्त्री जिन्बेक कुलुबायाभ र भुटानका स्टेट सेक्रेटरीले सम्बोधन गरेका छन् ।

बैठकमा नेपालदेखि अन्टार्कटिकासम्म देखिएको जलवायु परिवर्तनको असर र मानव जीवनमा यसले पारेको नकारात्मक प्रभावबारे आइसिसिआई, इसिमोड लगायतका अन्तर्राष्ट्रिय संस्थासङ्ग आवद्ध विषय विज्ञद्वारा प्रस्तुतिकरण गरिएको छ भने एफएओका महानिर्देशक डा. क्यू डोङ्यूले जलवायु परिवर्तनले कृषि तथा खाध प्रणालीमा पारेको प्रभावबारे चर्चा गर्नु भएको छ ।

















नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बाढीका कारण सिद्विचरण राजमार्ग पूर्ण रुपमा अवरुद्ध
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
धादिङ केन्द्रबिन्दु भएर भूकम्प
अमेरिकामा विद्युतीय सवारीमा प्राविधिक समस्या, २ लाख बढी सवारी फिर्ता सुरु
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा कालिकोटमा राहत वितरण
प्रतिक्रिया