नेपाल सुपर लिग
अन्तिम समय गोल फर्काउँदै हारबाट जोगियो झापा

काठमाडौं । नेपाल सुपर लिगमा झापा एफसीका समन्दार ओचिलोभले इन्जुरी समयको आठौं मिनेटमा गोल गरेपछि पोखरा थन्डर्स बराबरीमा रोकिएको छ ।
दशरथ रंगशाला शनिबार भएको खेलमा १० खेलाडीमा सीमित पोखराविरुद्ध १–० ले पछि परेको अवस्थामा अन्तिम समयमा गोल फर्काउँदै झापाले प्रतियोगिताको पहिलो अंक जोडेको छ ।
सातौं मिनेटमा पोखराका सुरज जिउ ठकुरीको क्रस झापाका गोलरक्षक स्टेफन कुपिचले बचाए । १० औं मिनेटमा झापाका फर्नान्डो टोरसको प्रहार पोखरा गोलरक्षक यभ्स प्रिसोले विफल पारे ।
११ औं मिनेटमा झापाका लक्ष्मण रूचाल गोल गर्न असमर्थ रहे । त्यसको एक मिनेटपछि लक्ष्मणले तारगेट हिट गर्न सकेनन् ।
१९ औं मिनेटमा मोसेस ग्याबाले गोल गरेपछि पोखराले सुरुवाती अग्रता बनाएको थियो । जोय एइडुले डी बक्सभन्दा बाहिरबाट मिलाएको पासमा मोसेले हेडमार्फत गोल गर्दै ब्रेक थ्रु दिलाए ।
३८ औं मिनेटमा झापाले अन्जल महर्जनले ह्याण्ड गरेको भन्दै पेनाल्टीको अपिल गरेको थियो । तर रेफ्रीले पेनाल्टी दिन अस्विकार गरेपछि आक्रोशित देखिएका लक्ष्मणलाई पहेँलो कार्ड देखाइएको थियो ।
पहिलो हाफको अन्त्यतिर पोखरा अग्रता दोब्बर बनाउनबाट चुक्यो । किपरसमेत अघि बढेको अवस्थामा पोखराका स्टेफेनले डी बक्सबाहिरबाट प्रहार गरेको बल सेकेन्डबारमा लागेर फर्कियो । रिबाउन्डमा झापाका खेलाडीले क्लियर गरेपछि खतरा टरेको थियो ।
४९औं मिनेटमा प्रदीप लामाको लामो दूरीको प्रहार पोस्टको माथिबाट बाहिरियो । ८९ औं मिनेटमा पोखराका कमलबहादुर थापाले रातो कार्ड पाएपछि पोखरा १० खेलाडीमा समेटिएको थियो ।
इन्जुरी समयको आठौं मिनेटमा ओचिलोभले गोल गर्दै खेलको नतिजा बराबरीमा समाप्त पारे । आवास लामिछानेको क्रस प्रिसोले पूर्ण रुपमा क्लियर गर्न नसक्दा उपलब्ध बलमा ओचिलोभले गल्ती गरेनन् ।
यस बराबरीसंगै ३ खेलमा ५ अंक जोडेको पोखरा दोस्रो स्थानमा उक्लिएको छ । प्रतियोगिताको पहिलो अंक जोडेको झापा सातौँ स्थानमा छ ।
















कोरला नाकामा खानेपानी समस्या समाधान गरिँदै
बाँकेको नरैनापुरमा छोटी भन्सार सञ्चालनमा आउँदै
पहाड र हिमालमा मध्यम वर्षा र हिमपात, तराईमा चट्याङ्गसहित वर्षा
आज वैशाख २६ गते शनिबार,कुन राशिको भाग्य कस्तो ?हेरौँ राशिफल
आज शनिबार, कुन विदेशी मुद्राको विनिमयदर कती ?
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया