‘सबै प्रकारका शोषण अन्त्य हुनुपर्छ’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले समाजमा विद्यमान सबै प्रकारका भेदभावका अन्त्य गरी आर्थिक तथा सामाजिक रुपान्तरण कायम गर्नुपर्ने बताएका छन् ।
पार्टी निकट दलित मुक्ति सङ्गठनको बागमती प्रदेशस्तरीय विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष नेपालले विविधताले भरिएको मुलुकमा सामाजिक एकता कायम गर्न जातीय, लैङ्गिक तथा वर्गीय विभेद बाधक रहेकाले त्यसको अन्त्य गर्नुपर्नेमा जोड दिए ।
मुलुकमा विभिन्न समयमा भएका जनआन्दोलनबाट राजनीतिक क्रान्ति पूरा गरिएको भन्दै उहाँले देशको आर्थिक रुपान्तरण गर्न आत्मनिर्भर अर्थतन्त्रको विकास गर्नुपर्ने बताए ।
पूर्वप्रधानमन्त्री नेपालले सामाजिक न्याय, समानता तथा समृद्धि कायम गर्न पुँजीवादले नसक्ने भएकाले त्यसको विकल्पका रूपमा वैज्ञानिक समाजवादको खाँचो औँल्याए ।
















नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बाढीका कारण सिद्विचरण राजमार्ग पूर्ण रुपमा अवरुद्ध
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
अमेरिकामा विद्युतीय सवारीमा प्राविधिक समस्या, २ लाख बढी सवारी फिर्ता सुरु
धादिङ केन्द्रबिन्दु भएर भूकम्प
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा कालिकोटमा राहत वितरण
प्रतिक्रिया