भारतीय विदेशमन्त्री नेपाल आउँदैं, विद्युत खरिद-बिक्री सम्झौता काठमाडौंबाट घोषणा हुने

काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकर अर्काे महिना नेपाल भ्रमणमा आउन लागेका छन् । भारतीय प्षले विदेश मन्त्रीको भ्रमणको मितिसहितको प्रस्ताव नेपाललाई पठाईसकेको छ । अहिलेसम्म मिति तय भइनसकेपनि भारतीय पक्षबाट भ्रम्णको प्रस्ताव आएको खुलासा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफैले गरेका छन् ।
सोमबार आफनै कार्यालय सिंहदरवारमा सम्पादकहरुसँगको कुराकानीका क्रममा प्रधानमन्त्रीले विदेशमन्त्रीको नेपाल भ्रमणका बेलामा आफनो भारत भ्रमणका क्रममा भएको १० हजार मेघावट विद्युत खरिद विक्रिीको सम्झौत हुने र काठमाडौंबाट त्यसको घोषणा हुने प्रधानमन्त्रीले बताएका हुन् । ‘सायद अर्काे महिना भारतका विदेशमन्त्री, सचिव, उर्जासँग सम्वन्धित अधिकारीहरु नेपाल भ्रमणमा आउनुहुनेछ । उताबाट करिव डेट दिईसकिएको छ । मेरो भारत भ्रमणका बेला भएको विद्युत विक्रिको सम्झौता काठमाडौंबाट त्यही बेला घोषणा हुन्छ,’ प्रधानमन्त्रीले भने, ‘त्यही बेला पश्चिमको पञ्चेश्वरको डिपिआरको पनि घोषणा गरिदैछ । ‘
गत १७ देखि २० जेठमा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा दुई देशबीच दीर्घकालीन विद्युत व्यापार सम्झौता भएको थियो । यस्तै पञ्चेश्वर परियोजनालाई अगाडि बढाउने सहमति समेत भ्रमणका क्रममा भएको थियो । प्रचण्डको भारत भ्रमणका क्रममा आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र नेपालबीच दीर्घकालीन पावर ट्रेड एग्रिमेन्ट भएको बताएका थिए ।
‘१० वर्षमा नेपालबाट १० हजार मेगावाट विजुली आयात गर्ने लक्ष्य राखेका छौं’, प्रधानमन्त्री मोदीले भनेका थिए । तर त्यसको ६ महिना बित्दा पनि कुनै प्रगति हुन सकेको छैन । यस्तै २०५२ सालमा भएको महाकाली सन्धिमा पञ्चेश्वर परियोजनाको डीपीआर ६ महिनाभित्र बनाएर तत्काल निर्माण थाल्ने उल्लेख भएपनि अहिलेसम्म हुन सकेको छैन ।
हरेकपटक हुने द्विपक्षीय भ्रमणका क्रममा यसको काम अघि बढ्ने चर्चा चले पनि चर्चामै सीमित छ । प्रधानमन्त्री प्रचण्डले भारतीय विदेशमन्त्री जयशंकरको नेपाल भ्रमण हुने बताए पनि कुन मितिमा उनी नेपाल आउँदै छन् भन्ने खुलाएनन् ।
















नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बाढीका कारण सिद्विचरण राजमार्ग पूर्ण रुपमा अवरुद्ध
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
अमेरिकामा विद्युतीय सवारीमा प्राविधिक समस्या, २ लाख बढी सवारी फिर्ता सुरु
धादिङ केन्द्रबिन्दु भएर भूकम्प
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा कालिकोटमा राहत वितरण
प्रतिक्रिया