आइतबार, वैशाख २७, २०८३

एनसेल बिक्रीमा अर्बौं घोटाला : महामन्त्री थापा

मेरोन्यूज २०८० मंसिर १९ गते १७:४३

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एनसेलको स्वामित्व बिक्रीमा अर्बौ रुपैयाँ घोटाला भएको आशंका गरेका छन् ।

Advertisement
NiccNicc

ओखलढुंगा कांग्रेसको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै आज महामन्त्री थापाले यस्तो बताएका हुन्।

‘नागरिकको सबैभन्दा ठूलो आक्रोश भ्रष्टाचारको विषयमा छ। प्रत्येक दिन बिहान रेडियो सुन्दै गर्दा नयाँ नयाँ काण्डहरू आइरहेका छन्। कहिल्यै सुनको काण्ड आएको छ, त्यो भन्दा अगाडि कुनै अर्को काण्ड सुनियो,’ उनले भने, ‘हिजोआज तपाईंहरूले पत्रपत्रिका पढ्नुभएको छ भने एनसेलमा अरबौं रुपैयाँको काण्ड सुन्नुहुन्छ। प्रथम दृष्टिमा हेर्दै गर्दा पनि अर्बौँ रुपैयाँ घोटाला भएको अनुमान लगाउन सकिन्छ।’

महामन्त्री थापाले यो प्रकरणमा कानुनको दुरुपयोग भएको वा जतिसुकै ठूलो मान्छेको संलग्नता भए पनि सरकार डराउन नहुने बताए ।

‘कांग्रेस भएको सरकार हो, यो सरकारले यो खालको कुनै पनि काममा यदि कहिँ कतैबाट पनि कानुनको दुरुपयोग भएको छ, जतिसुकै ठूलो मान्छे यसमा संलग्न भएको होस्, यदि ठूलै नेताको सम्पत्ति चोर बाटोबाट लगेर त्यो कालो धन नेपालमा लगानीको नाममा भित्र्याउने प्रयास भएको छ भने जो सुकै होस् दण्ड पाउँछ भन्ने विश्वास दिलाउनुपर्छ’, उनले भने ।

प्रतिक्रिया