आइतबार, वैशाख २७, २०८३

नेता, कर्मचारी र व्यापारीको मिलेमतोमा एनसेल बिक्री : शेखर कोइराला

मेरोन्यूज २०८० मंसिर १९ गते १८:०१

ओखलढुंगा । सत्ता साझेदार नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले एनसेल घोटाला छानविन गर्न माग गरेका छन् ।

Advertisement
NiccNicc

नेपाली कांग्रेसको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेता कोइरालाले सरकारको स्वामित्वमा आउन लागेको एनसेल बेचबिखनमा राज्यकै संलग्नता भएको बताउँदै आफूहरूले गम्भीररूपमा लिएको बताए ।

उनले राजनीतिज्ञ, कर्मचारी र व्यापारी मिलेर एनसेल घोटाला भएको दाबी गरे । सदन र सडकबाट यो विषयलाई जनता समक्ष लैजाने कोइरालाले बताए ।

प्रतिक्रिया