एनसेल किनबेच प्रकरणमा गम्भीर छानबिन गर्नुपर्ने सत्ता गठबन्धनको निष्कर्ष

काठमाडौं । सत्ता गठबन्धनले निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेल किनबेच प्रकरणमा गम्भीर छानबिन गर्नुपर्ने निष्कर्ष निकालेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारी निवास बालुवाटारमा बोलाएको सत्ता गठबन्धनको बैठकले एनसेलको सेयर ब्रिकीबारे गम्भीर अध्ययन र छानबिन आवश्यक रहेको निष्कर्ष निकालेको हो ।
बैठकमा सहभागी नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले यस प्रकरणको गम्भीर अध्ययन र छानबिन आवश्यक रहेको बताए।
प्रधानमन्त्रीले बालुवाटारमा सत्तारुढ दलका शीर्ष नेता लगायत अर्थमन्त्री, सञ्चारमन्त्री र कानुनमन्त्री लगायतसँग छलफल गरेका थिए।
उक्त बैठकमा सत्तारुढ गठबन्धनका नेताहरूले एनसेलको किनबेच नेपालको कानुनअनुकुल नरहेको, शंकास्पद कारोबार भएकोसहितका कुरा उठाएका थिए।
लेखकका अनुसार बैठकमा प्रधानमन्त्री प्रचण्डले पनि एनसेलको खरिदबिक्री पारदर्शी नभएको कुरा राखेका थिए। प्रधानमन्त्रीले एनसेल किनबेच हुँदा कानुनअनुसार नभएकोबारे आफ्नो धारणा प्रष्ट पारेको लेखकले बताएका छन्।
त्यसपछि सत्तारुढ दलका सबै नेताहरूले एनसेलको खरिदबिक्री प्रकरणमा गम्भीर छानबिन तथा अध्ययन आवश्यक रहेको साझा धारणा बनाएको लेखकले बैठकपछि बताएका छन्।
माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले देशको अधिकतम हितमा हुने गरी अध्ययन तथा छानबिन गर्ने सहमति बनेको जानकारी दिए । गठबन्धनको बैठकपछि सापकोटाले भने, ‘एनसेलको विदेशमा भएको खरिदबिक्री स्वाभाविक पाइँदैन भन्ने थियो । जालसाझीपूर्ण देखिएकाले गहिराइमा पुगेर अध्ययन तथा छानबिन गर्नका लागि सहमति जुट्यो ।’
उक्त बैठकमा प्रधानमन्त्रीले एनसेल किनबेच प्रकरणमा गहिराइमा पुगेर अनुसन्धान गर्न सरकार तयार रहेको भन्दै दलहरूलाई आश्वस्त बनाएका थिए।
















नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बाढीका कारण सिद्विचरण राजमार्ग पूर्ण रुपमा अवरुद्ध
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
धादिङ केन्द्रबिन्दु भएर भूकम्प
अमेरिकामा विद्युतीय सवारीमा प्राविधिक समस्या, २ लाख बढी सवारी फिर्ता सुरु
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा कालिकोटमा राहत वितरण
प्रतिक्रिया