सरकारले एनसेल खरिद-बिक्री प्रकरण छानबिन गर्ने
शेयर खरिदबिक्री प्रक्रियामा कुनै अनियमिता पाइएमा सम्बन्धित सबैलाई कारबाहीको दायरामा ल्याइने

काठमाडौं । सरकारले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको खरिद विक्रि प्रकरणको छानबिन गर्ने भएको छ । एनसेलको शेयर खरिद विक्रि प्रक्रणमा सरकारको गम्भिर ध्यानाकर्षण भएको भन्दै सरकारका तर्फबाट आज जारी वक्तब्यमा यस प्रकरणको छानबिन प्रक्रिया सुरु भईसकेको जनाइएको छ ।
सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मंगलबार साँझ एक वक्तब्य जारी गरेर यो खरिद विक्रि प्रकरणलाई सरकारले गम्भिर रुपमा लिएको र अनुसन्धानका लागि अध्ययन अगाडी बढाईसकेको बताएकी छिन् ।
उनले नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको स्वीकृत नलिई र नियामक निकायलाई जानकारी समेत नगराई अस्वभाविक प्रावधान र मूल्यमा भएको देखिने कारोबार सम्वन्धमा अध्ययन गर्न प्रधानमन्त्रीले मंसिर १८ मा निर्देशन दिईसकेको र नेपाल सरकारले एनसेलको शेयर खरिद विक्रिका सम्वन्धमा प्रचलित कानुनी प्रावधान तथा अन्तराष्टिय विधि र प्रक्रियाको पालना एवम यस्ता क्रियाकलापबाट नेपालको दूरसञ्चार क्षेत्र र विदेशी लगानीमा पर्ने असर तथा नेपाल सरकारको राजस्व लगायतका विषयमा पर्ने प्रभावका बारेमा विस्तृत अध्ययन र छानबिन गर्ने गरि अगाडी बढिसकेको उल्लेख गरेकी छिन् ।
अध्ययन तथा छानबिनबाट कुनै अनियमितता भएको पाइएमा नेपाल सरकारले सम्वन्धित सबैलाई तत्काल कानुन बमोजिम कडा कारवाहीको दायरमा ल्याउने पनि सरकारका प्रवक्ता सञ्चारमन्त्री शर्माले वक्तब्यमार्फत जानकारी गराएकी छिन् । नेपाल र नेपालीको हित संरक्षण तथा प्रचलित काुननको पालना गर्न गराउन नेपाल सरकार प्रतिवद्ध रहेको पनि मन्त्री शर्माको वक्तब्यमा उल्लेख छ ।
सरकारका प्रवक्ताको यो वक्तब्य आउनु अगाडी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तासिन दलका शीर्ष नेताहरु, गृहमन्त्री, अर्थमन्त्री, स१चारमन्त्री लगायतसँग यस प्रकरणका बारेमा छलफल गरेका थिए । उक्त छलफलमा पनि एनसेल प्रकरणमा छानबिन गर्ने समझदारी बनेको थियो । त्यसपछि सरकारले छानबिन गर्ने गरि औपचारिक धारणा सार्वजनिक गरेको हो ।
यस अगाडी सोमबार प्रधानमन्त्रीले पत्रकारहरुसँग कुरा गदै छानिबनका लागि निर्देशन गरिसकेको बताएका थिए ।

















नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बाढीका कारण सिद्विचरण राजमार्ग पूर्ण रुपमा अवरुद्ध
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
अमेरिकामा विद्युतीय सवारीमा प्राविधिक समस्या, २ लाख बढी सवारी फिर्ता सुरु
धादिङ केन्द्रबिन्दु भएर भूकम्प
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा कालिकोटमा राहत वितरण
प्रतिक्रिया