प्रधानमन्त्रीले उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्यबारे जानकारी लिए
मेरोन्यूज
२०८० मंसिर २० गते ७:४६

काठमाडाैँ । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले अहिले बिहान उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्था भेटेर जानकारी लिएका छन् ।

गृहमन्त्री श्रेष्ठ नियमित स्वास्थ्य परीक्षणका निम्ति मंगलबार बेलुकी गंगालाल हृदय केन्द्र बाँसबारीमा श्रेष्ठ भर्ना भएका थिए ।अस्पतालमा मन्त्री श्रेष्ठको मुटुको देव्रे नसा (left Anterior Descending Coronary Artery) को एन्जिओप्लास्टी गरिएको थियो । अहिले उनकाे स्वास्थ्य अबस्था सामान्य छ ।
यस अघि गत असोज ३० देखि कात्तिक १ गतेसम्म चीनको भ्रमणमा रहेका बेला मन्त्री श्रेष्ठ अचानक मुटुको समस्याबाट पीडित भएपछि त्यहाँ उनको उपचार गएिको थियो ।
सम्बन्धित
















गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका सबै घर भत्काइयो
जिफन्टद्वारा नौबुँदे घोषणापत्र सार्वजनिक
नर्सिङ र एचए पढाउने गण्डकी प्रदेश सरकारको तयारी
२६ अंकले घट्यो नेप्से, काराेबार रकम साढे ६ अर्ब
रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
यूएईमाथि नेपालको जित, लिग-२ मा चार लगातार हारपछिको विजयले तालिकामा राहत
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
प्रतिक्रिया