एसियाली निर्वाचन–सरोकारवालाको छैठौँ सम्मेलन सुरु

काठमाडौँ । एसियाका निर्वाचन व्यवस्थापनसम्बन्धी निकाय र सरोकारवाला संस्थाका प्रतिनिधिको सहभागितामा आजदेखि काठमाडौँमा दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ ।
निर्वाचन आयोग र ‘एसियन नेटवर्क फर फ्रि इलेक्सन’को आयोजनामा भएको उक्त छैठौँ सम्मेलनको ‘एसियन इलोक्ट्रोल स्टेकहोल्डर फोरम’को उद्घाटन परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले गरे । उनले नेपालको संवैधानिक प्रावधानबमोजिम स्वायत्त निर्वाचन आयोग रहेको र यसले दुई कार्यकालका लागि तीनै तहका निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको बताए ।
परराष्ट्रमन्त्री साउदले स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि प्राप्त सुझावका आधारमा विद्यमान कानुनमा सुधार गर्न आफूहरु तत्पर रहेको सुनाए । “निर्वाचनका अनुभव र सिकाइका आधारमा लोकतन्त्र सबल बनाउन र निर्वाचन प्रणाली र प्रक्रियालाई सामयिक बनाउन आवश्यक छ ।’’ उनले निर्वाचनको स्वच्छताका लागि सुरक्षा, सामाजिक न्याय, जलवायु परवर्तन, कृत्रिम बौद्धिकता, सामाजिक सञ्जाल आदि चुनौती र अवसरका रुपमा रहेकाले सम्मेलनले यी विषयमा गहन छलफल गरी निष्कर्ष निकाल्ने विश्वास व्यक्त गरे ।
भारतीय निर्वाचन आयोगका पूर्वप्रमुख आयुक्त डा शाहबुद्धिन याकुब क्युरासीले असल निर्वाचन प्रक्रियाले मात्रै लोकतन्त्रलाई सबल नबनाउने उल्लेख गर्दै समानुपातिक प्रतिनिधित्व र जनतालाई राज्यबाट दिइने सेवाको सुनिश्चितता हुनुपर्नेमा जोड दिए । उनले मिश्रित निर्वाचन प्रणाली र निर्वाचन आयुक्तको नियुक्तिमा संसदीय सुनुवाइ हुने व्यवस्था भारतले पनि सिक्नलायक भएको बताए ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले लोकतान्त्रिक मूल्य, मान्यता र साझा प्रतिबद्धतालाई अझ सबल बनाउन सम्मेलनले मार्गदर्शन गर्ने विश्वास व्यक्त गरे । उनले निर्वाचनलाई सहभागितामूलक बनाइ लोकतन्त्रलाई परिणाममूलक तुल्याउन साझा प्रतिबद्धता आवश्यक रहेको बताए ।
निर्वाचन आयुक्त डा जानकीकुमारी तुलाधरले दिगो लोकतन्त्रका लागि सम्मेलन कोसेढुङ्गा सावित हुने बताए । सम्मेलनमा एसिया तथा प्रशान्त क्षेत्रका ४० देशका निर्वाचन व्यवस्थापनसम्बन्धी निकायका प्रमुख तथा प्रतिनिधि, नागरिक समाज र निर्वाचनका विभिन्न आयाममा क्रियाशील सामाजिक तथा प्राज्ञिक संस्थाका दुई सयभन्दा बढी प्रतिनिधि सहभागी छन् ।
सम्मेलनको मुख्य नारा ‘बिल्डिङ सस्टेनेबल डेमोक्रेसिसः एड्रेसिङ इलोक्ट्रोल च्यालेन्जेज एण्ड अपर्चुनिटिज’ रहेको छ । सम्मेलनमा नेपाललगायत अन्य मुलुकका विज्ञ व्यक्तित्वबाट सात विषयमा केन्द्रित रही २१ वटा कार्यपत्र प्रस्तुत तथा काठमाडौँ घोषणापत्र जारी गरिने जनाइएको छ ।
















नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बाढीका कारण सिद्विचरण राजमार्ग पूर्ण रुपमा अवरुद्ध
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
धादिङ केन्द्रबिन्दु भएर भूकम्प
अमेरिकामा विद्युतीय सवारीमा प्राविधिक समस्या, २ लाख बढी सवारी फिर्ता सुरु
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा कालिकोटमा राहत वितरण
प्रतिक्रिया