नियमविपरीत सञ्चालित १३२ ई-रिक्सा नियन्त्रणमा

जानकी (बाँके) । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले यातायात कार्यालयमा सवारी बोक्ने प्रयोजनका लागि दर्ता नै नगरी आफूखुसी गुडिरहेका एक सय ३२ ई–रिक्सा नियन्त्रणमा लिएको छ ।
सवारी बोक्ने प्रयोजनका लागि दर्ता नै नगरी आफूखुसी गुडिरहेका रातो नम्बर प्लेटलाई कालो बनाइएका यात्रु बोकिरहेका ई–रिक्सालाई नियन्त्रणमा लिइएको नगरप्रमुख प्रशान्त विष्टले बताए। उनका अनुसार मङ्गलबार एक सय ३२ ई–रिक्सालाई नियन्त्रणमा लिइएको छ ।
नीतिनियम र प्रक्रिया विपरीत गुडिरहेका रातो नम्बर प्लेटका ९३ यात्रुवाहक ई–रिक्सालाई जिल्ला प्रशासन कार्यालय बाँके र ३९ ई–रिक्सालाई नेपाल प्रहरी विधि विज्ञान प्रयोगशालामा नियन्त्रणमा लिएर राखिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए। “यातायात कार्यालयबाट कालो नम्बर प्लेट नबनाउँदासम्म ती ई–रिक्सालाई गुड्न दिइने छैन”, प्रजिअ पोखरेलले भने, “यातायातमा प्रक्रिया पु¥याएर उपमहानगरपालिकामा सूचीकृत भएपछि मात्र हामीले ई–रिक्सा चल्ने अनुमति दिने छौँ ।”
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख गोपीकृष्ण सुवेदीका अनुसार उक्त ई–रिक्सा ‘होल्ड’ गरिएको जानकारी दिए । जिल्ला प्रशासन कार्यालय, यातायात कार्यालय, ट्राफिक प्रहरी, ई–रिक्सा कम्पनीलगायत सरोकारवालाबीचको निरन्तर छलफल र बैठकपछि ई–रिक्सा होल्ड गर्न सुरु गरिएको उनले बताए ।
उपमहानगरपालिकाद्धारा पछिल्लो पटक पनि सार्वजनिक सूचना जारी गर्दै रातो नम्बर प्लेटलाई कालो बनाउन आह्वान गरिएको थियो ।
नेपालगञ्ज सहरमा आवश्यकताभन्दा बढी ई–रिक्सा जथाभावी चल्न थालेपछि ट्राफिक अस्तव्यस्तता बढेको ट्राफिक प्रमुख सुवेदीले बताए । करिब चार हजार गुडे पुग्ने अनुमान गरिएको नेपालगञ्जमा झन्डै १० हजार ई–रिक्सा गुडेको उनको भनाइ छ । हालसम्म नेपालगञ्जमा दुई हजार आठ सय ई–रिक्सामात्र सूचीकृत भएको उपमहानगरपालिकाको राजस्व शाखाका प्रमुख वीरबहादुर थापाले बताए ।
















अस्वाभाविक लक्ष्य, सञ्चित कोषको चाप र पूर्वतयारीविनाका आयोजनाका कारण खर्च अनुमान घट्यो : अर्थमन्त्री
तामाकोशी दुर्घटनाप्रति रास्वपाद्वारा दुःख व्यक्त
नेकपाको प्रतिबद्धता : ५ लाखलाई रोजगारी, १० प्रतिशत आर्थिक वृद्धि
नेपाली कम्युनिष्ट पार्टीकाे ‘प्रतिबद्धतापत्र’ सार्वजनिक
सरकारले आय–व्ययको अनुमान घटायो
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
फेरि तीन लाख नाघ्यो सुनको मूल्य
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
प्रतिक्रिया