आइतबार, वैशाख २७, २०८३

एनसेल खरिद- विक्रि प्रकरण

लेखा समितिलाई कम्पनी रजिष्ट्रार कार्यालयले पठायो यस्तो जवाफ

मेरोन्यूज २०८० मंसिर २० गते १७:०४

काठमाडौं । नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरण समेतलाई पत्तो नदिई एनसेलको शेयर कारोबार भएपछि अहिले संसदको समिति देखि राजनीतिक दलका नेताहरु, सरकार समेत यस प्रकरणको अध्ययन र छानबिनमा जुटेका छन् ।

Advertisement
NiccNicc

मंसिर १३ गते ऐनसेलले आफनो शेयर खरिदविक्रि भएको बताएपछि संसदको सार्वजनिक लेखा समिति देखि राजनीतिक दलहरुसमेतको चासो बढेको छ । सरकारले यस प्रकरणको अध्ययन गरी छानबिन थालेको र दोषी देखिए सम्वन्धित सबैलाई कानुनी कारबाहीमा ल्याउने बताईरहेको छ ।

सार्वजनिक लेखा समितिले एनसेलको खरिदविक्रि बारे कम्पनी रजिस्टारको कार्यालयलाई के कसो भएको हो ? जानकारी छ छैन भनी प्रश्न सोधी पठाएको थियो । त्यसको जवाफ कम्पनी रजिस्टार कार्यालयले लेखा समितिलाई पठाएको छ ।

एनसेलको शेयर कारोबारको सम्बन्धमा आफूलाई केही जानकारी हुन नआएको कम्पनी रजिष्ट्रारको कार्यालयले जवाफमा बताएको छ।

तर, कम्पनीले सेवा दिइरहेको मुलुकको कानुनी प्रावधान मान्न बाध्य रहेको समेत कम्पनी रजिष्ट्रारको कार्यालयले स्पष्ट पारेको छ।

संघीय संसद अन्तर्गतको लेखा समितिले कम्पनी रजिष्ट्रारको कार्यालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई जवाफ पठाउन गरेको पत्राचारको जवाफमा यस्तो जानकारी गराएको हो।

समितिले एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा आन्तरिक राजस्व विभाग, कम्पनी रजिष्ट्रारको कार्यालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई यथाशीघ्र जवाफ फर्काउन निर्देशन दिएको थियो।

हेर्नुहोस् कम्पनी रजिस्ट्रार कार्यालयको जवाफी पत्र

प्रतिक्रिया