आइतबार, वैशाख २७, २०८३

अमेरिकी राष्ट्रपतिका विशेष सहायक लाउबाचर नेपालमा

परराष्ट्रमन्त्री, प्रधानसेनापति र राष्ट्रिय सुरक्षा सल्लाहकारसँग भेट, प्रधानमन्त्रीसँग बिहिबार भेट्ने

मेरोन्यूज २०८० मंसिर २० गते २१:३५

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनका विशेष सहायक तथा दक्षिण एसियाका लागि राष्ट्रिय सुरक्षा परिषद्की वरिष्ठ निर्देशक रियर एडमिरल इलिन लाउबाचर नेपाल भ्रमणमा छन् । उनी बुधबार बिहानै नेपाल आईपुगेकी हुन् ।

Advertisement
NiccNicc

काठमाडौं ओर्लिएपछि उनले बुधबारै परराष्ट्रमन्त्री एनपी साउद, प्रधानसेनापति प्रभुराम शर्मा र राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागीसँग भेटवार्ता गरेकी छिन् ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भने बिहीबार (भोलि) बिहान भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

परराष्ट्रमन्त्री साउद र लाउबाचरबीच दुई मुलुकबीचको सम्बन्धलाई थप बलियो बनाउने र द्विपक्षीय सहकार्य थप बढाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सैनिक मुख्यालयमा प्रधानसेनापति शर्मासँगको शिष्टाचार भेटवार्तामा दुईपक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धबारे छलफल भएको सेनाले उल्लेख गरेको छ । लाउबाचरले बैरागीलाई सिंहदरबारमै भेटेकी थिइन् ।

राष्ट्रिय सुरक्षा परिषद्की वरिष्ठ निर्देशक लाउबाचर दक्षिण एसिया क्षेत्रलाई नजिकबाट हेरिरहेकी अमेरिकी अधिकारी हुन् । उनको पद रियर एडमिरल नेपालको उपरथीसरहको हो । अमेरिकामा राष्ट्रिय सुरक्षा परिषद् ह्वाइट हाउसअन्तर्गत छ ।

प्रतिक्रिया