गृहमन्त्री भेट्न् अमेरिकी राष्ट्रपतिका विशेष सहायक लाउबाचर अस्पतालमै पुगिन्

काठमाडाैँ । उप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेट्न अमेरिकी राष्ट्रपतिका विशेष सहायक लाउबाचर अस्पतालमै पुगेकी छिन् ।
अमेरिकी राष्ट्रपति जो बाइडेनका विशेष सहायक तथा दक्षिण एसियाका लागि राष्ट्रिय सुरक्षा परिषद्की वरिष्ठ निर्देशक रियर एडमिरल इलिन लाउबाचर उप्रधानमन्त्री श्रेष्ठलाई भेट्न बाँसबारी स्थित सहिद गंगालाल राष्ट्रीय हृदय केन्द्र पुगेकी हुन् ।
बुधबार मात्रै नेपाल भ्रमणमा आईपुगेकी उनी विहिबार बिहान प्रधानमन्त्रीसँग भेट् गरेर नक्साल स्थित मेरियट होटल पुगे लगत्तै त्याँहाबाट गृहमन्त्री श्रेष्ठ उपचाररत अस्पतालमा पुगेर भेट गरेकी छन् । गृहमन्त्री श्रेष्ठ मगलबार राती देखि गङगालाल अस्पतालमा उपचाररत छन ।
काठमाडौं पुग्ने बित्तिकै उनले बुधबारै परराष्ट्रमन्त्री एनपी साउद, प्रधानसेनापति प्रभुराम शर्मा र राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागीसँग भेटवार्ता गरेकी थिईन् ।















बाढीका कारण सिद्विचरण राजमार्ग पूर्ण रुपमा अवरुद्ध
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास
नेपालगन्जमा कारको ठक्करबाट बालकको मृत्यु
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
तीन दिनपछि खुल्यो बिपी राजमार्ग
धादिङ केन्द्रबिन्दु भएर भूकम्प
प्रतिक्रिया