बाजुरामा भिरबाट खसेको ढुङ्गा लागेर एक महिलाको मृत्यु
मेरोन्यूज
२०८० मंसिर २१ गते १३:३७

बाजुरा । बूढीनन्दा नगरपालिकामा भिरबाट खसेको ढुङ्गा लागेर आज एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही नगरपालिका–३ बडालाकी ३७ वर्षीया धर्मा विष्ट रहेको जनाइएको छ ।
गाउँ नजिकै रहेको देउपानी मेलामा घाँस काट्न गएका बेला भीरबाट ढुङ्गा खसेर टाउकोमा लागेपछि मृत्यु भएको वडा नं ३ का वडाध्यक्ष जङ्गवीर रोकायाले जानकारी दिए ।
घाँस काट्दै गरेका बेला एक्कासि भिरबाट ढुङ्गा खसेर टाउकोमा चोट लागेपछि विष्ट घाइते भएकी हुन् । भिरबाट खसेको ढुङ्गा लागेर घाइते भएकी विष्टको उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी लैजाँदै गर्दा बीच बाटोमै मृत्यु भएको वडाध्यक्ष रोकायाले बताए ।
सम्बन्धित
















Gold, silver prices go up
खोटाङमा ‘हनी हन्टिङ’ महोत्सव
स्ट्रेट अफ होर्मुज बन्द हुँदा १५०० भन्दा बढी जहाजहरू समुन्द्रमै ठप्प
चलचित्र ‘लालीबजार’आजदेखि प्रदर्शनमा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया