बुटवल र चितवनको खेल बरबराबरीमा सकियो

काठमाडौँ । नेपाल सुपर लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा बुटवल लुम्बिनी फुटबल क्लब र चितवन एएफसीबीचको खेल बराबरीमा टुङ्गिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा दुवै टोलीले एक–एक गोलको बराबरी खेल्दै एक–एक अङ्क बाँडेका छन् ।
खेलको दोस्रो हाफको अत्तिरिक्त समयको पहिलो मिनेटमा बुटवलका स्टेफन समिर बियोङले गोल गरेपछि खेल एक–एक गोलको बराबरीमा सकिएको हो ।
बुटवलका मणि लामाले निकालेको पासमा चितवनका डिफेन्डरको बीचबाट बियोङले उत्कृष्ट गोल गर्न सफल भए ।
त्यसअघि चितवनका उत्सव राईले खेलको दोस्रो हाफमा गोल गरेका थिए । खेलको ४८औँ मिनेटमा उत्सवले लामो दूरीबाट प्रहार गरेको बल गोलमा परिणत भएको थियो ।
यससँगै बुटवलले चार खेलबाट चार अङ्क जोडेको छ । समान खेल खेलेको चितवनले पाँच अङ्क जोडेको छ ।
उक्त लिगअन्तर्गत भोलि वीरगञ्ज युनाइटेड फुटबल क्लब र झापा फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल साँझ ५ बजदेखिे सुरु हुनेछ ।
















बाँकेको नरैनापुरमा छोटी भन्सार सञ्चालनमा आउँदै
पहाड र हिमालमा मध्यम वर्षा र हिमपात, तराईमा चट्याङ्गसहित वर्षा
आज वैशाख २६ गते शनिबार,कुन राशिको भाग्य कस्तो ?हेरौँ राशिफल
आज शनिबार, कुन विदेशी मुद्राको विनिमयदर कती ?
यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया