विभिन्न ठाउँमा चारजना मृत फेला

काठमाडौं। विभिन्न ठाउँमा चारजना मृत अवस्थामा फेला परेका छन् ।
ललितपुर, ललितपुर महानगरपालिका-२६ राजकुलो सुनाकोठी बस्ने मकवानपुर बकैया गाउँपालिका-१० घर भएका ४० वर्षीय दशरथ सन्जेल आफु सुत्ने कोठामा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
पर्वत, फलेबास नगरपालिका-५ खानिगाउँ भोकेखोला बस्ने ३६ वर्षीय खुम बहादुर बिक सोही नगरपालिका-३ स्थित दयाराम पराजुलीको छाप्रोमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
सुनसरी, बराहक्षेत्र नगरपालिका-१ चतरा घाटस्थित कोशी नदीको किनारमा उदयपुर बेलका नगरपालिका-८ बस्ने ६१ वर्षीय लक्षु कुमार राई शुक्रबार मृत अवस्थामा फेला परेका छन् । कोशी नदीमा माछा मार्न जान्छु भनि हिँडेका उनी गत ११ गतेदेखि बेपत्ता भएका थिए ।
कास्की, पोखरा महानगरपालिका-१९ पुरनचौर गुठी बस्ने ६२ वर्षीय बेल बहादुर अधिकारी सोही ठाउँस्थि भिरबाट करिब ७० मिटर तल शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
















धनुषामा बस दुर्घटना हुँदा चालकसहित १७ जना घाइते
नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बाढीका कारण सिद्विचरण राजमार्ग पूर्ण रुपमा अवरुद्ध
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
धादिङ केन्द्रबिन्दु भएर भूकम्प
अमेरिकामा विद्युतीय सवारीमा प्राविधिक समस्या, २ लाख बढी सवारी फिर्ता सुरु
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा कालिकोटमा राहत वितरण
प्रतिक्रिया