आइतबार, वैशाख २७, २०८३

परराष्ट्रमन्त्री साउद कतार प्रस्थान, विपिन जोशीलाई छुटाउन पहल गर्ने

मेरोन्यूज २०८० मंसिर २३ गते ९:५२

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउद कतार प्रस्थान भएका छन् ।

Advertisement
NiccNicc

उनी कतारमा डिसेम्बर १० अर्थात आइतबारदेखि सुरु हुन गइरहेको दोहा २१ औँ फोरम सम्मेलनमा सहभागी हुन शनिबार बिहान ७: ४५ बजे कतार एयरलाइन्सको विमानबाट त्यसतर्फ प्रस्थान भएका हुन् ।

उनले उक्त फोरममा सहभागिता जनाउने क्रममा हुने उच्चस्तरीय भेटमा इजरायलमा वेपता भएका विपिन जोशीको रिहाइको विषय गम्भीरताका साथ उठाउने उनका स्वकीय सचिव दीपक जोशीले बताए। 

उनले भने ‘मन्त्रीज्यू, दोहा सम्मेलनमा सहभागी हुन शनिबार बिहान कतार जानु भएको हो‘, उनले भने, ‘कतार रहँदा हुने उच्चस्तरीय भेटमा उहाँले इजरायलमा हमासले नियन्त्रणमा लिएका विपिन जोशीको रिहाइका लागि आग्रह गर्ने विषय अत्यन्तै प्राथमिकतामा राख्नुभएको छ।’

कतारमा उनले समकक्षीसँगै विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखारीसँग विपिनका बारेमा कुराकानी गर्ने कार्यतालिका छ। 
मन्त्री साउदले यसअघि मंसिर ८ गते राज्यमन्त्री मुखारीसँग परराष्ट्र मन्त्रालयमा भएको भेटमा पनि जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए। 

यस्तै उनले मंसिर ७ गते इजरायलका राजदूत हनान गोडरलाई मन्त्रालयमा बोलाएर जोशीको रिहाइबारे कुरा गरेका थिए। 

परराष्ट्रमन्त्री साउदले शुक्रबारमात्रै विपिनको रिहाइका विषयमा इजरायल सरकारका बन्दी तथा वेपत्ता व्यक्तिहरूका विषयमा हेर्ने संयोजक गल हर्चसँग कुराकानी गरेका थिए।  

प्रतिक्रिया