भक्तपुर भेटियो दुर्लभ चरा ‘स्वेतमाथा कलहाँस’

भक्तपुर । भक्तपुरमा पहिलोपटक साइबेरियन दुर्लभ पक्षी स्वेतमाथा कलहाँस अर्थात् ग्रेटर ह्वाइट फेन्टेट गुज भेटिएको छ ।
पक्षी संरक्षण तथा अन्वेषणकर्ता सञ्जय था श्रेष्ठले काठमाडौँ उपत्यकामा पहिलोपटक भक्तपुरको हनुमन्ते फाँटमा हाँस प्रजातिको दुर्लभ चरा स्वेतमाथा कलहाँस भेटिएको जानकारी दिए ।
कलहाँस नेपालमा पहिलोपटक सन् २००४ मार्च २४ मा देखिएको थियो । त्यतिबेला कोशी टप्पु वन्यजन्तु आरक्षणमा दुईवटा कलहाँस भेटिएका थिए । गर्मी मौसममा निकै माथि उचाइमा उडेर बास बस्ने कलहाँस चरा गत वर्ष नारायणी नदी आसपास क्षेत्रमा चारवटा पाइएको थियो ।
रुस, साइबेरियालगायत अति चिसो मुलुकबाट जाडो छल्न नेपाल प्रवेश गर्ने क्रममा हनुमन्तेमा आइपुगेको बताउँदै पक्षीविज्ञ डा कमलराज गोसाइ, सुजन श्रेष्ठ र सूर्यमान श्रेष्ठले हनुमन्तेमा यी चराको तस्वीरसमेत कैद गरेका छन् ।
गोसाइका अनुसार यो चरा चिसो मौसममा बस्न नसक्ने भएकाले चिसो छल्न नेपाल आएको हो । कलहाँस हनुमन्तेमा आएपछि हिमालयन नेचर, वर्ड कन्जरभेसन नेपाल र विश्वकै चराहरूको अवस्थाबारे रेकर्ड राख्ने ई–वर्ड नेपालले अभिलेख गरेको उनले बताए । करिब तीनदेखि चार केजी तौल हुने कलहाँस जाडो छल्न नेपाल आएपछि करिब दुई महिनापछि गन्तव्यतर्फ फर्कने गर्दछ ।
(समाचारसँग सम्बन्धित तस्बीर पक्षी संरक्षण तथा अन्वेषणकर्ता सञ्जय था श्रेष्ठबाट प्राप्त भएको हो।)
















धनुषामा बस दुर्घटना हुँदा चालकसहित १७ जना घाइते
नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बाढीका कारण सिद्विचरण राजमार्ग पूर्ण रुपमा अवरुद्ध
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
अमेरिकामा विद्युतीय सवारीमा प्राविधिक समस्या, २ लाख बढी सवारी फिर्ता सुरु
धादिङ केन्द्रबिन्दु भएर भूकम्प
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा कालिकोटमा राहत वितरण
प्रतिक्रिया