शनिबार, वैशाख २६, २०८३

अफगानिस्तानविरुद्ध टस जितेर पहिले फिल्डिङ गर्दै नेपाल

मेरोन्यूज २०८० मंसिर २४ गते ११:२३

काठमाडौं । एसीसी यू–१९ एसिया कप अन्तर्गत आजको खेलमा नेपालले अफगानिस्तानविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ। यूएईको आइसीसी एकेडेमी ओभल–२ मा नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेका हुन्।

Advertisement
NiccNicc

समूह ए मा पहिलो खेलमा पराजित भएका दुवै टोली आज पहिलो जित निकाल्ने लक्ष्यमा छन् ।

पहिलो खेलमा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो । यस्तै अफगानिस्तान पनि भारतसँग ७ विकेटले नै पराजित भएको थियो ।

आजको खेलमा विजयी हुने टोली सेमिफाइनलमा सम्भावना कायम राख्ने छ भने पराजित हुने टोली समूहगत चरणबाटै बाहिरिने छ ।

प्रतिक्रिया