दिगो पूर्वाधार विकासबाट मात्रै समृद्धिको ढोका खुल्छ : मन्त्री ज्वाला

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले दिगो पूर्वाधार विकासबाट मात्रै समृद्धिको ढोका खुल्ने बताएका छन् । आज यहाँ आयोजित ‘सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एन्ड इञ्जिनियरिङ फर्म’ (स्काफ) को ३३औँ वार्षिकोत्सव तथा ‘इमर्जिङ च्यालेन्ज अफ कन्सल्टिङ फम्र्स’ विषयक कार्यक्रममा उनले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखे मात्रै मुलुकको आर्थिक समृद्धि हासिल हुने बताए ।
पूर्वाधार निर्माणका क्षेत्रमा विभिन्न समस्या देखिँदा अपेक्षित उपलब्धि हासिल गर्न नसकिएको मन्त्री ज्वालाको भनाइ थियो । “निर्माण क्षेत्रमा अनेकौँ समस्या र चुनौती छन् । समयमा काम सुरु नहुने, प्रक्रिया पूरा गर्न ढिलो हुने, सुरु भइसकेका आयोजनामा समयमा काम नसकिने, प्रशासनिक तथा कानुनी झन्झटलगायत छन्”, उनले भने, “पूर्वाधारको विकासबाटै समृद्धिको ढोका खुल्छ भन्नेमा हामी स्पष्ट छौँ । वार्षिक नीति कार्यक्रम र बजेटमा जे प्रतिबद्धता सरकारले जनाएको छ, त्यसको पालनामा हामी प्रतिबद्ध छौँ ।”
नेपालमा दिगो प्रकृतिको पूर्वाधार निर्माणका लागि गर्नुपर्ने सुधारबारे सरकारलाई सुझाव दिन मन्त्री ज्वालाले सबैलाई आग्रह गर्नुभयो । निर्माण क्षेत्रमा देखिएका नीतिगत, कानूनी, प्रशासनीकलगायत झन्झट हटाउन सरकार जिम्मेवार भएर लाग्ने उनले प्रतिबद्धता जनाए ।
विकास निर्माणका काममा परामर्शदाता कम्पनी (कन्सल्टेन्सी) को महत्त्वपूर्ण भूमिका रहेपनि यस्ता कम्पनीलाई इजाजतपत्र दिन कानुनी समस्या रहेकाले नयाँ ऐन ल्याएर सम्बोधन गर्ने तयारीमा सरकारका रहेको मन्त्री ज्वालाको भनाइ थियो । परामर्शदाता सेवासँग सम्बन्धित विधेयकको मस्यौदा तयार हुनेक्रममा रहेको उनले जानकारी दिए ।
कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले सरकारले परामर्शदाता कम्पनीलाई विश्वास गरेर सबै पूर्वाधार निर्माणमा जोड्ने गरेको बताए । उनले कामको गुणस्तर र समयमा आयोजना सक्ने कुरामा भने सधैँ चुनौती रहने गरेको बताए । आयोजनाको काम समयमा सम्पन्न गर्न परामर्शदाता कम्पनी पनि जिम्मेवार हुनुपर्ने उहाँको भनाइ थियो । परामर्शदाता कम्पनीले भोगिरहेका समस्या समाधानका लागि नीतिगत सुधार गर्न सरकार तयार रहेको शर्माले बताए ।
पूर्वाधार आयोजनाको गुणस्तर कायम गर्ने सन्दर्भमा परामर्शदाताको मुख्य भूमिका रहने उल्लेख गर्दै सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले परामर्शदाता कम्पनीबीच पर्याप्त प्रतिस्पर्धाको वातावरण नहुँदा समस्या उत्पन्न भएको बताए । परामर्शदाता कम्पनीले अहिले गरिरहेका काममा सुधार गर्नुपर्ने धेरै विषय रहेकाले सरकार र सम्बन्धित निकायले यसमा ध्यान पु¥याउनु पर्ने उनको भनाइ थियो ।
स्काफका अध्यक्ष टुकलाल अधिकारीले पूर्वाधार निर्माणका क्षेत्रमा मरामर्शदाता कम्पनीको भूमिका महत्त्वपूर्ण हुने बताए। नेपालका कन्सल्टेन्ट कम्पनी सङ्गठित भएको तीन दशकभन्दा बढी समय वितिसकेको भन्दै अहिले विभिन्न अन्तर्राष्ट्रिय फोरममा पनि आवद्ध भइसकेका उनले जानकारी दिए।
















धनुषामा बस दुर्घटना हुँदा चालकसहित १७ जना घाइते
नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बाढीका कारण सिद्विचरण राजमार्ग पूर्ण रुपमा अवरुद्ध
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
धादिङ केन्द्रबिन्दु भएर भूकम्प
अमेरिकामा विद्युतीय सवारीमा प्राविधिक समस्या, २ लाख बढी सवारी फिर्ता सुरु
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा कालिकोटमा राहत वितरण
प्रतिक्रिया