‘चिनजानकै व्यक्तिबाट महिला हिंसा’

काठमाडौँ । लैङ्गिक हिंसा अन्त्य गर्न स्थानीय सरकारको महत्वपूर्ण भूमिका रहने बताइएको छ । टोखा नगरपालिकाद्वारा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको समीक्षा एवं मानवअधिकार दिवसका अवसरमा आयोजित कार्यक्रमका सहभागीले लैङ्गिक हिंसा अन्त्य लागि स्थानीय सरकारले प्राथमिकता दिनुपर्ने खाँचो औल्याए ।
टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले मानव अधिकार र लैङ्गिक हिंसा अन्त्यका लागि सबै प्रतिबद्ध हिसाबले लाग्नुपर्ने बताए । “लैङ्गिक हिंसा न्यूनीकरणमा मेरो प्रतिवद्धता हुनेछ”, उनले भने ।
उपप्रमुख मुरारी तामाङले लैङ्गिक हिंसा नियन्त्रणका लागि व्यक्ति व्यक्ति लाग्नुपर्ने बताए । लैङ्गिक हिंसा गर्ने जोकोहीलाई कानुनको दायरामा ल्याउन सके हिंसा न्यूनीकरणमा सहयोग पुग्ने उनको भनाइ थियो । प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर विसीले सामाजिक सञ्जालमार्फत महिला हिंसा बढेको जनाउँदै यसलाई नियन्त्रण गर्न लाग्नुपर्ने उल्लेख गरे ।
अधिवक्ता सविन श्रेष्ठले गत वर्षमात्र नेपालमा तीन हजार तीस सय महिला हिंसा भएको जानकारी दिए । “चिनजानकै व्यक्तिबाट बढी महिला हिंसा हुने गरेको छ, महिला हिंसा न्यूनीकरणका लागि स्थानीय सरकारको महत्वपूर्ण भूमिका रहन्छ”, उनले भने । पछिल्लो समय यौन हिंसामा पर्नेमा ११ देखि १६ वर्षसम्मका महिला बढी रहेको प्रहरीको तथ्याङ्कले देखाउँछ ।
















अर्थ मन्त्रालयद्वारा अर्धवार्षिक समीक्षामार्फत सुधारका योजना सार्वजनिक
फागुन ३ देखि १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने
महाशिवरात्रि पर्वलाई सभ्य र भव्य बनाउन यस्ताे छ तयारी
परराष्ट्र मन्त्री र अर्थमन्त्रीसँग कतारी प्रतिनिधि मण्डलको भेटवार्ता
अस्वाभाविक लक्ष्य, सञ्चित कोषको चाप र पूर्वतयारीविनाका आयोजनाका कारण खर्च अनुमान घट्यो : अर्थमन्त्री
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
दुई ब्याटरको अर्धशतकमा इंग्ल्यान्डले नेपाललाई दियाे १८५ रनकाे लक्ष्य
फेरि तीन लाख नाघ्यो सुनको मूल्य
थाइल्यान्डमा त्रिपक्षीय चुनावी प्रतिस्पर्धा
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
प्रतिक्रिया