आइतबार, वैशाख २७, २०८३

एनसेल प्रकरणमा सरकारको बदनाम गर्न खोजिँदैछ : प्रधानमन्त्री

मेरोन्यूज २०८० मंसिर २५ गते १४:२६

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एनसेल खरिद-बिक्री प्रकरणमा गलत र भ्रामक प्रचार गरेर सरकारको बदनाम गर्न खोजिएको गुनासो गरेका छन्।

Advertisement
NiccNicc

सोमबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले अतिवादीहरुले भ्रमपुर्ण रुपमा गलत प्रचार प्रसार गरेको बताएका हुन् ।

आफू दुबईमा भएको बेला एनसेल खरिद बिक्रीको समाचार अनलाइनहरुमा देखेपछि आफूले यस विषयलाई गम्भीर रुपमा लिएर उतैबाट बुझ्ने काम गरेको उनले बताए।

‘मैले यो विषय दुबईबाटै बुझ्न लगाएको हो। यहाँ फर्केको भोलिपल्ट मुख्यसचिवलाई राखेर एनसेलको कर लगाएतका विषय बुझ्न लगाए। निर्देशन जारी गरेँ,’ उनलेले भने, ‘विषयको गम्भीरता हेर्दा गठबन्धन दलको बैठक बोलाएर यो स्वभाविक छैन, यहाँ गढबढ छ, बोल्डली जानुपर्छ भनियो। क्याबिनेटबाट निर्णय गरियो। तर, केही मिडियामा एनसेल प्रकरणमा सरकारले अर्बौं भ्रष्टाचार गरेको आरोप लगाइँदै छ। यो दुस्प्रचार हो।’

प्रतिक्रिया