शनिबार, वैशाख २६, २०८३

जसपाले राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्ने

मेरोन्यूज २०८० मंसिर २५ गते १८:४३

काठमाडौं । जनता समाजवादी पार्टी, (जसपा) नेपालले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने निर्णय गरेको छ।

Advertisement
NiccNicc

आज दिउँसो पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा पार्टी अध्यक्ष मा। उपेन्द्र यादवको अध्यक्षतामा बसेको जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले निर्वाचन आयोगमा दल दर्ताको निर्णय गरेको हो ।

यस्तै बैठकले राष्ट्रिय सभा निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदबार चयनका लागि आगामी पुस १० गते केन्द्रीय कार्यकारिणी समितिको पुनः बैठक बस्ने निर्णय गरेको छ । साथै, कार्यकारिणी समितिले यही पुस २५, २६ र २७ गते जसपा नेपालको राजनीतिक समितिको बैठक आह्वान गरेको छ।

प्रतिक्रिया