पाकिस्तान सुपर लिगको ड्राफ्टमा नेपालका १० खेलाडी समावेश

काठमाडौं । पाकिस्तान सुपर लिग (पीएसएल) को ड्राफ्टमा नेपालबाट १० खेलाडी समावेश भएका छन् ।
सोमबार पाकिस्तान सुपर लिगले सार्वजनिक गरेको ड्राफ्ट लिष्टमा विभिन्न क्याटेगोरीमा नेपाली रष्ट्रिय क्रिकेट टोलीका १० खेलाडी समावेश भएका हुन् ।
जस अन्तर्गत सन्दीप लामिछाने, गुल्सन झा, आरिफ शेख, आसिफ शेख, अर्जुन साउद, देव खनाल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, कुशल मल्ल र सोमपाल कामी रहेका छन् ।
त्यसमध्ये सन्दीप प्लाटिनम र गुल्सन गोल्ड क्याटेगोरीको ड्राफ्टमा छन् । यस्तै बाँकी ८ खेलाडी सिल्भर क्याटेगोरीमा छन् ।
प्लाटिनम क्याटेगोरीमा रहेका खेलाडी कुनै टिममा अनुबन्ध भएमा १ लाख ४८ हजार अमेरिकी डलर पाउनेछन् । यस्तै गोल्ड क्याटेगोरीमा अनुबन्ध हुने खेलाडीले ३७ हजार ४३५ डलर तथा सिल्भर क्याटेगोरीमा अनुबन्ध हुने खेलाडीले १८ हजार अमेरिकी डलर पाउनेछन् ।
आगामी सिजनको पीएसएलको लागि ड्राप्ट आउने बुधबार डिसेम्बर १३ मा हुँदैछ । पीएसएल २०२४ फेब्रुअरी १३ देखि मार्च १८ सम्म हुनेछ ।
















अनुसन्धानका लागि पालिएका पन्छीमा बर्डफ्लु, करिब ५० लाख बराबरको क्षति
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख १२ हजार राजस्व सङ्कलन
वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्छः राष्ट्रपति
घरमै राहदानी पुर्याउन तयार छन् ‘हल्कारा’
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया