अलैंचीको मूल्य बढ्यो

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभामा एक दशकअघिदेखि ओरालो लागेको अलैँचीको मूल्यमा यस वर्ष केही सुधार आएको छ । अलैँचीको मूल्य हाल प्रतिमन (४० किलो) रु ७० हजार पुगेको छ । झन्डै १० वर्षअघि प्रतिमन रु एक लाख २० हजारसम्म कारोबार हुँदै आएको अलैँचीको मूल्य घटेर प्रतिमन रु २५ हजारसम्म झरेको थियो ।
पछिल्लो समय नेपालबाट भारत, पाकिस्तानलगायत देशमा अलैँची निर्यात हुन थालेपछि यसको मूल्य बढेको हो । जिल्लाका किसानको मुख्य आम्दानीको स्रोत मानिने अलैँचीको मूल्य यस वर्ष सुरुवातदेखि नै बढ्दो क्रममा रहेको अलैँची व्यवसायी महासङ्घका जिल्ला अध्यक्ष कुमार श्रेष्ठले बताए । उत्पादन कम, माग बढी भएका कारणले अलैँचीको मूल्य वृद्धि भएको उनको भनाइ छ । यहाँ उत्पादित ९८ प्रतिशत अलैँची नेपालबाहिर निर्यात हुने गरेको तथ्याङ्क छ ।
अलैँचीको मूल्य वृद्धि भए पनि यसबाट किसानले भने प्रत्यक्ष फाइदा लिन सकेका छैनन् । सङ्खुवासभामा दुई हजार आठ सय ७१ हेक्टर क्षेत्रफलमा अलैँची खेती गरिँदै आएको छ । जिल्लामा गत वर्ष नौ सय ४० मेट्रिक टन अलैँची उत्पादन भएको थियो । यस वर्ष भने अलैँचीको उत्पादन घट्ने महासङ्घको अनुमान छ । अलैँची सङ्खुवासभा, पाँचथर, ताप्लेजुङ, इलाम, धनकुटासहित पहाडी र उच्च पहाडी जिल्लामा उत्पादन हुन्छ । व्यवसायीका अनुसार अलैँचीलाई गुणस्तरका आधारमा क, ख र ग गरी तीन तहमा विभाजन गरिएको छ ।
नेपालमा उत्पादित अलैँचीको मुख्य बजार भारत हो । अलैँची पूर्वी पहाडी जिल्लाका किसानको आम्दानीको भरपर्दो स्रोत हो । जिल्लामा करिब ४० वर्षभन्दा पुराना बोट भएकाले पनि उत्पानमा ह्रास आएको कृषि ज्ञान केन्द्र सङ्खुवासभाले जनाएको छ । अधिकांश अलैँची बगानमा पुराना बोट भएकाले उत्पान घट्नुका साथै बोटसमेत डढ्ने गरेका छन् ।










एमालेको मतदान समय सारियो, अब बुधबार बिहान ८ बजेदेखि
निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग
आगामी आवको बजेट निर्माण प्रक्रिया सुरु
…अनि मनभरि आशा बोकेर सिंहदबार छिरे जयलाल
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
कांग्रेसले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
एमाले महाधिवेशनमा बन्द सत्र सुरु
प्रतिक्रिया