थुनामुक्त गराइदिने भन्दै १ कराेड ठगी गर्ने दुई जना पक्राउ
मेरोन्यूज
२०८० मंसिर २६ गते १८:०३

काठमाडौँ । मुद्दा मिलाएर थुनामुक्त गराइदिने भनी ९९ लाख ७५ हजार रुपियाँ ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार काठमाडौँ जिल्ला अदालतको आदेशले पुर्पक्षको लागि कारागार कार्यालय जगन्नाथ देवल थुनामा गएका सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं. ५ स्थायी घर भएका रेवन्त खड्काको मुद्दा मिलाई थुनामुक्त गराइदिने भनी पटक–पटक गरी सो रकम लिएका स्थायी घर भोजपुर भई हाल काठमाडौँ बस्ने २६ वर्षीय रितु राई र बर्दिया घर भई काठमाडौँ बस्ने २१ वर्षीय निरेश चौधरीलाई पक्राउ गरिएको छ ।
थुनामा खड्कालाई आपराधिक विश्वासघात र सङ्गठित अपराध समेत मुद्दामा केन्द्रीय अनुसन्धान ब्युरोबाट पक्राउ गरिएको थियो । उनीहरूमाथि आपराधिक विश्वासघात तथा ठगी मुद्दामा थप अनुसन्धान भइरहेको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ ।
सम्बन्धित
















नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बाढीका कारण सिद्विचरण राजमार्ग पूर्ण रुपमा अवरुद्ध
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
अमेरिकामा विद्युतीय सवारीमा प्राविधिक समस्या, २ लाख बढी सवारी फिर्ता सुरु
धादिङ केन्द्रबिन्दु भएर भूकम्प
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा कालिकोटमा राहत वितरण
प्रतिक्रिया