नक्कली भुटानी शरणार्थी प्रकरण : छुट्लान् त आज बालकृष्ण खाँण ?

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणको पूनरावेदन निवेदनमा उच्च अदालत पाटनमा आज पेसी रहेको छ ।
यसअघि यही मंसिर १५ गते खाणको मुद्दामा उच्च अदालत पाटनका न्यायाधीसहरु जनक पाण्डे र प्रकाश खरेलका बीचमा मत बाझिएको थियो । न्यायाधीश पाण्डेले ३० लाख धरैटीमा खाणलाई रिहा हुने आदेश गरेका थिए भने अर्का न्यायाधीश खरेलले थुनामै राख्नुपर्ने आादेश गरेका थिए ।
संयुक्त इजालसमा रहेका दुई न्यायाधीसकै बीचमा मत बाझिएपछि खाण रिहा हुने या थुनामै रहने भन्नेबारेमा तेस्रो न्यायाधीसकोमा मुद्दा पुगेको थियो । सोही आधारमा यो मुद्दाको पेशी आज उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासमा सुनुवाइ हुने गरी तोकिएको छ ।
दुई न्यायाधीसमा मत बाझिएमा तेस्रो न्यायाधीसकोमा मुद्दा पुगेर उनले दिने निर्णय निर्णायक हुने कानुनी ब्यवस्था छ । खाणका सवालमा अव न्यायाधीश कृष्णराम कोइरालाको इजलासमा पेसीमा उनले दिने निर्णयका आधारमा खाणका सवालमा बुहमतको निर्णय हुनेछ ।
आजको सुनुवाइपछि न्यायाधीश कृष्णराम कोइरालाको एकल इजलासले दिने आदेशले नै खाँण जेलमै रहने वा धरौटीमा रिहा हुने भन्ने निर्णय गर्नेछ ।
खाणलाई काठमाडौं जिल्ला अदालतले मुद्धाको किनारा नलागेसम्मका लागि पूर्पक्षमा थुनामा पठाउनु भन्ने निर्णय सुनाएको थियो । त्यही निर्णयका आधारमा उनी अहिले थुनामा छन् ।
















कल्भर्टमा ठोकिएर नालामा खस्यो मोटरसाइकल, चालक मृत अवस्थामा फेला
सल्यानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
न्यायिक महोत्सव गर्दै उच्च अदालत जनकपुर
मक्का प्रस्थान गर्ने हज यात्रीको बिदाइ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया