फिफा वर्ष खेलाडीको अन्तिम सर्टलिस्टमा मेस्सी, एमबाप्पे र हालान्ड

काठमाडौं। विश्व फुटबल महासंघ ९फिफा०ले यो वर्षको वर्ष खेलाडी अवार्डका लागि अन्तिम तीन जना फुटबल खेलाडीको मनोनयन सार्वजनिक गरेको छ।
पुरुषतर्फ लियोनल मेस्सी, केलियन एमबाप्पे र एर्लिङ हालान्ड छन् । मेस्सीले विश्वकप जितेका थिए भने एमबाप्पे फाइनलसम्म पुगेका थिए।
हालान्डले घरेलु लिग र युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेका छन्। त्यसअघि पहिलो चरणमा १२ जनाको नाम सर्टलिस्ट गरिएको थियो।
महिलातर्फ ऐताना बोनमाती, लिना काइसेडो र जेनीफर हर्मोसो परेका छन्। सन् २०२३ को डिसेम्बर १९ देखि २०२३ को अगष्ट २० तारिखसम्म गरेको प्रदर्शनका आधारमा पुरुषतर्फको विजेता टुंगो लाग्ने छ। मेस्सी र एमबाप्पे दुवैले उक्त अवधिमा भने विश्वकपको सफलता भने प्राप्त गरेका होइनन्।
महिलातर्फ सन् २०२२ को अगष्ट १ देखि सन् २०२३ को अगष्ट २० सम्मको प्रदर्शनलाई आधार मानिने छ।
राष्ट्रिय टोलीका कप्तान, प्रशिक्षक, पत्रकार र समर्थकले भोट गरी विजेताको टुंगो लगाउनेछन् । एमबाप्पे र हालान्डले हालसम्म फिफा वर्ष खेलाडी अवार्ड जित्न सकेका छैनन्।
मेस्सी आठौँपटक फिफा वर्ष खेलाडी बन्ने प्रयासमा छन्। उनले अर्को प्रतिष्ठित अवार्ड बेलोन डीअर यो सिजन जितिसकेका छन्। उनले यो अवार्ड आठौँपटक हात पारेका हुन्।
















अफगानिस्तान र पाकिस्तानमा वर्षा र आँधीबेहरीका कारण १२१ जनाको मृत्यु
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
चितवनमा तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते
युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’
एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
प्रतिक्रिया