एमालेकाे यात्रा कसैको विरुद्ध होइन, रुख ढालेर अवरोध गर्नु गलत : ओली

तेह्रथुम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नाे संकल्प यात्राका क्रममा पहिचानवादीहरुले अवरोध गर्ने काम नचाहिने भएकाे बताएका छन् ।
मध्यपहाडी संकल्प यात्राको क्रममा तेह्रथुममा आयोजित सभालाई सम्बोधन गर्दै उनले एमालेकाे यात्रा कसैको विरुद्ध नभएकाे र ढुंगामुढा र विरोध प्रदर्शनले समस्या समाधान नहुने बताए ।
‘अभियानको क्रममा यतातिर परिस्थिति असहज बनाउँन केही मान्छेहरूले खोजेका छन् । उनीहरूले अरुको विरोध गरेका भन्ने सोचेका होलान् । तर, उनीहरूको आफ्नै विरोध गरिरहेका छन् । उनीहरूले आफ्नो खुट्टामा मात्रै होइन टाउकोमै बञ्चरो हानिरहेका छन् । म उनीहरूलाई भन्न चाहन्छु यो भावनात्मक आवेग र उत्तेजनालाई छाड्नुस् । शान्तिपूर्ण संवादबाट समस्याको समाधान खोज्न सकिन्छ । बाटाको ढुंगामुढा र विरोध प्रदर्शनले समस्या समाधान हुन्छ ? सल्लाका रुख ढालेर बाटो अवरोध गर्ने कुरा नचाहिने हुन् । हामी आफ्नो यात्रामा छौं । यो कसैको विरुद्ध होइन’ उनले भने ।
उनले आफूहरूको अभियान देशको पक्षमा भएको भन्दै विरोधमा उत्रिएका पहिचानवादीहरूलाई पनि बुझ्न आग्रह गरे ।’
संकल्प यात्रा अन्तगर्त कोशी प्रदेशमा गएका बेला पहिचानवादीले एमालेको यात्रालाई अवरोध गर्न ढुंगामुढा, रुख ढाल्ने लगायतका गतिविधि गरेका थिए । सोही अवरोधपछि अध्यक्ष ओलीको यस्तो प्रतिकृया आएको हो ।
















नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बाढीका कारण सिद्विचरण राजमार्ग पूर्ण रुपमा अवरुद्ध
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
अमेरिकामा विद्युतीय सवारीमा प्राविधिक समस्या, २ लाख बढी सवारी फिर्ता सुरु
धादिङ केन्द्रबिन्दु भएर भूकम्प
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा कालिकोटमा राहत वितरण
प्रतिक्रिया