नेपाल सुपर लिग फुटबल : ललितपुरको अपराजित यात्रा जारी

काठमाडौँ । राजधानीमा जारी नेपाल सुपर लिग फुटबल प्रतियोगितामा ललितपुर सिटी एफसीले झापा एफसीसँग गोलरहित बराबरी खेल्दै आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ ।
दशरथ रङ्गशालामा आज भएका खेलमा दुवै टोलीले निर्धारित समयमा गोल गर्न नसकेपछि प्रतियोगिता गोलरहित बराबरीमा टुङ्गिएको हो । आजको खेलसँगै दुवै टोलीले प्रतियोगितामा एक–एक अङ्क बाँडेका छन् । दश अङ्क बटुलेको ललितपुर अङ्कतालिकाको दोस्रो स्थानमा छ ।
त्यस्तै पाँच खेलमा स्पर्धा गरेको धनगढी ११ अङ्क समेटेर पहिलो स्थानमा छ । यो खेलसँगै ६ खेलमा प्रतिस्पर्धा गरेको झापाले सात अङ्क पाएको छ । एक हार, एक जित र चार बराबरीसँगै झापा अङ्कतालिकाको पाँचौं स्थानमा छ ।
दशरथ रङ्गशालामा भोलि दुई खेल हुनेछन् । दिउँसो १ बजे हुने पहिलो खेलमा पोखरा थन्डर्स र वीरगञ्ज युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ भने अपराह्न ५ बजे हुने दोस्रो खेलमा स्पोर्टिङ इलाम डे मेची एफसी र एफसी चितवनबीच प्रतिस्पर्धा हुनेछ ।
















खोटाङमा ‘हनी हन्टिङ’ महोत्सव
स्ट्रेट अफ होर्मुज बन्द हुँदा १५०० भन्दा बढी जहाजहरू समुन्द्रमै ठप्प
चलचित्र ‘लालीबजार’आजदेखि प्रदर्शनमा
नदीजन्य तथा खानीजन्य पदार्थको उत्खननलाई स्वीकृत मापदण्डबमोजिम गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन
सुनको मूल्य बढ्यो, प्रतितोला ३ लाख नजिक
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया