दाङमा टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु

दाङ । दाङमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा दुई किशोरको मृत्यु भएको छ।
शुक्रबार राति १०:२० बजे तुलसीपुरबाट घोराही तर्फ जाँदै गरेको रा १ क १३०७ नम्बरको टिप्परले घोराहीबाट तुलसीपुर तर्फ आउँदै गरेको रा २ प ५५८९ नम्बको मोटरसाइकललाई घोराही उपमहानगरपालिका – १० झारबैरा चोकमा ठक्कर दिदा उक्त घटना भएको हो।
टिप्परको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलमा सवार प्यूठानको झिमरुक गाउँपालिका – ४ बाङ्गेका १७ वर्षीय विशाल जिसी र नौंबहिनी गाउँपालिका – ६ लुङका १८ बर्षीय सागर केसीको मृत्यु उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको दाङका प्रहरी प्रमुख एसपी रामबहादुर केसीले जानकारी दिए।
मृतक दुई किशोर मामा–भान्जा रहेको खुलेको एसपी केसीले जानकारी दिए। टिप्पर चालक रोल्पाको रुन्टीगढी गाउँपालिका – ९ का २६ वर्षीय इश्वर बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
मोटरसाइकल चालकको साथबाट सवारी चालक लाइसेन्स फेला नपरेको प्रहरीले बताएको छ।
















धनुषामा बस दुर्घटना हुँदा चालकसहित १७ जना घाइते
नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बाढीका कारण सिद्विचरण राजमार्ग पूर्ण रुपमा अवरुद्ध
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
अमेरिकामा विद्युतीय सवारीमा प्राविधिक समस्या, २ लाख बढी सवारी फिर्ता सुरु
धादिङ केन्द्रबिन्दु भएर भूकम्प
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा कालिकोटमा राहत वितरण
प्रतिक्रिया