विभिन्न ठाउँमा ८ जना मृत अवस्थामा फेला

काठमाडौं । देशका विभिन्न ठाउँमा ८ जना मृत अवस्थामा फेला परेका छन् ।
कास्की, रूपा गाउँपालिका-७ स्थित मादीखोला किनारमा सोही ठाउँ बस्ने ५८ वर्षीय धन बहादुर परियार शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
नुवाकोट, मेघाङ गाउँपालिका-२ बुङताङ बस्ने ७० वर्षीय लछिमन तामाङ घर नजिकै कोदोबारीमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
रोल्पा, रोल्पा नगरपालिका-४ हाटबजार टोल बस्ने ४७ वर्षीया भावना हमाल आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।
पाँचथर, मिक्लाजुङ गाउँपालिका-७ कम्पुटार बस्ने बर्दिया गुलरीया नगरपालिका-८ घर भएका २९ वर्षीय मुकेश लोध आफ्नै कोठामा शनिबार मृत अवस्थामा फेला परेका छन् । उनले राके, रवि र भेरेटार सडकमा काम गर्ने गरेको खुल्न आएको छ ।
काभ्रे, मण्डनदेपुर नगरपालिका-१० हल्दे बस्ने ६५ वर्षीया कान्छी दमाई सोही ठाउँस्थित बारीमा शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।
कैलाली, घोडाघोडी नगरपालिका-१ बेलार बस्ने ५७ वर्षीय मान बहादुर कुँवर सोही ठाउँस्थित आफ्नै खेतमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
झापा, मेचिनगर नगरपालिका-८ गिरी गाउँ बस्ने ३० वर्षीय हरि माझी सोही ठाउँस्थित घैलाडुब्बा खोलाको किनारामा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
भक्तपुर, चाँगुनारायण नगरपालिका-८ ताथली हनुमानटोलस्थित गणेश इँटा उद्योगको इँटाको झ्याउलीभित्र हाल नाम, थर, वतन नखुलेका अन्दाजी २५ वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
















बाँकेको नरैनापुरमा छोटी भन्सार सञ्चालनमा आउँदै
पहाड र हिमालमा मध्यम वर्षा र हिमपात, तराईमा चट्याङ्गसहित वर्षा
आज वैशाख २६ गते शनिबार,कुन राशिको भाग्य कस्तो ?हेरौँ राशिफल
आज शनिबार, कुन विदेशी मुद्राको विनिमयदर कती ?
यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया