तनहुँमा लागुऔषधसहित एक जना पक्राउ
मेरोन्यूज
२०८० पुष ४ गते २०:४७

तनहुँ । इलाका प्रहरी कार्यालय आँबुखैरनीले एक सय पञ्चानब्बे थान लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले डाइजेपाम, फेनेरागन र नुफिन गरी ६५ एम्पु लागुऔषध बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
चितवन रत्ननगर नगरपालिका–३ निवासी ३६ वर्षीय कृष्णबहादुर लोप्चनलाई लागुऔषधसहित प्रहरीले पक्राउ गरेको हो ।
जिल्लाको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारस्थित पृथ्वी राजमार्ग सडकखण्डमा सवारी साधन जाँच गर्ने क्रममा प्रहरीले लोप्चनलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए । सिन्धुलीबाट पोखरातर्फ गइरहेको बसमा सवार लोप्चनले लुकाइछिपाइ ल्याएको लागुऔषध बरामद भएको हो ।
प्रहरीले अभियुक्तलाई तनहुँ जिल्ला अदालतबाट सात दिनको म्याद लिएर हिरासतमा राखेको छ । निजमाथि अनुसन्धान भइरहेको जनाइएको छ ।
सम्बन्धित
















धनुषामा बस दुर्घटना हुँदा चालकसहित १७ जना घाइते
नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बाढीका कारण सिद्विचरण राजमार्ग पूर्ण रुपमा अवरुद्ध
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
अमेरिकामा विद्युतीय सवारीमा प्राविधिक समस्या, २ लाख बढी सवारी फिर्ता सुरु
धादिङ केन्द्रबिन्दु भएर भूकम्प
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा कालिकोटमा राहत वितरण
प्रतिक्रिया