उड्न लागेको बुद्ध एयर जहाजको इमर्जेन्सी ढोका यात्रुले खोलेपछि…
मेरोन्यूज
२०८० पुष ५ गते १०:१४

काठमाडौं । पोखराबाट काठमाडौं उड्न लागेको बुद्ध एयरको जहाजको इमर्जेन्सी ढोका यात्रुले खोलेपछि उडान रोकिएको छ ।
अहिले बिहान ९ बजे पोखराबाट काठमाडौंका लागि उड्न लागेको उडान नं. ६५२ को जहाजको आकस्मिक ढोका नजिकै बसेका यात्रुको खुट्टाले लागेर ढोका खुलेको बताइएको छ । विमान ट्याक्सी वेबाट धावनमार्गमा जान लागेको बेलामा ढोका खुलेको थाहा भएको बुद्ध एयरले जनाएको छ ।
जहाजको इमर्जेन्सी ढोका यात्रुबाट के कति कारणले खुल्न गएको हो भन्नेबारेमा पोखरा टर्मिनलका सुरक्षाकर्मीले बुझिरहेका छन् । ढोका खोलेको विमान बुद्धएयरका प्राविधिकले जाँच गरिरहेको र काठमाडौं आउने यात्रुलाई अर्को विमानबाट ल्याउन लागेको पनि बुद्ध एयरले स्पष्ट पारेको छ ।
सम्बन्धित
















धनुषामा बस दुर्घटना हुँदा चालकसहित १७ जना घाइते
नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बाढीका कारण सिद्विचरण राजमार्ग पूर्ण रुपमा अवरुद्ध
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
धादिङ केन्द्रबिन्दु भएर भूकम्प
अमेरिकामा विद्युतीय सवारीमा प्राविधिक समस्या, २ लाख बढी सवारी फिर्ता सुरु
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा कालिकोटमा राहत वितरण
प्रतिक्रिया