आइतबार, वैशाख २७, २०८३

पर्यटनमन्त्री किरातीलाई तत्काल बर्खास्त गर्न विश्व हिन्दु युवा संघकाे माग

मेरोन्यूज २०८० पुष ५ गते १२:१२

काठमाडौं । विश्व हिन्दु युवा संघले पर्यटनमन्त्री सुदन किरातीलाई पदबाट बर्खास्त गर्न माग गरेको छ ।

Advertisement
NiccNicc

संघले बिहीबार एक विज्ञेप्ति जारी गर्दै मन्त्री किरातीलाई तत्काल पदबाट बर्खास्त गरी कारबाही गर्न माग गरेको हो ।

मन्त्री किराँतीले बुधबार काठमाडौंमा आयोजित क्रिश्चियन महोत्सवको कार्यक्रममा सम्बोधन गर्ने क्रममा मन्त्री किरातीले क्रिश्चियनलाई मान्दिनँ भन्नु संविधानलाई मान्दिनँ भन्नु हो भन्दै क्रिश्चियन धर्मको प्रचार–प्रसार गरेका थिए ।

‘नेपालको संविधानले सबैलाई आफ्नो धर्म मान्ने स्वतन्त्रता दिएको छ । क्रिश्चियनलाई मान्दिन भन्नेहरू संविधान विरोधी हुन् । देशद्रोही हुन् । उनीहरूलाई हतकडी लगाएर जेल हाल्ने हो’ किराँतीले भनेका थिए ।

उक्त अभिव्यक्तिपछि संघले कारबाही गर्न माग गरेको हो ।

प्रतिक्रिया