३० लाखभन्दा कम लागतका योजनामा निर्णय नहुँदा अन्योल

जाजरकोट । टुक्रे योजना कार्यान्वयन नगर्ने भन्दै विरोध भएपछि अवरुद्ध भएका विभिन्न आयोजनाका काम अझै सञ्चालन भएको छैन । कर्णाली प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले रु ३० लाखभन्दा कम लागतका आयोजना कार्यान्वयन नगर्ने भनेपछि कानुन संशोधन गरेर भए पनि आयोजना कार्यान्वयनमा जानुपर्ने जनाउँदै आन्तरिक छलफल सुरु गरेको छ ।
सहरी विकासमन्त्री मङ्गल शाहीका अनुसार उपयुक्त योजना कार्यान्वनमा लैजाने र अनुपयुक्त आयोजना अर्को वर्ष समेटेर कार्यान्वयन गर्ने विषयमा छलफल सुरु भएको छ ।
सडक निर्माणतर्फ रु ३० लाखभन्दा कम लागतका आयोजना र अन्य पूर्वाधार निर्माणतर्फ रु १५ लाखभन्दा कम लागतका आयोजना पनि तीन राजनीतिक दलको सहमतिका आधारमा कार्यान्वन गरिनेछ ।
जिल्लामा आफू अनुकूलका व्यक्तिलाई एक सयभन्दा बढी टुक्रेयोजना बाँडिएको आरोप लगाउँदै प्रदेशसभामा चर्को विरोध भएपछि सरकारले उक्त योजना तत्काल फिर्ता लिएर रु ३० लाखभन्दा माथिका योजना मात्र कार्यान्वयन गर्ने सहमति गरेको थियो । दैनिक योजना सम्झौता गर्न दबाब दिँदै जिल्ला कार्यालयमा उपभोक्ता आउने गरेका छन् । आयोजना निर्माण नहुँदा ग्रामीण भेगका जनतामा अन्योल छाएको छ ।















६५ स्कुलका ५८५ विद्यार्थीका पेन्टिङ तथा हस्तकला प्रदर्शनीमा
चितवन राष्ट्रिय निकुञ्जमा पोखरी निर्माण र मर्मत सुरु
वर्षाले घट्यो वायु प्रदूषण
Slight decline in gold, silver prices
जेनजी आन्दोलनका क्रममा फरार दुईजना पक्राउ
मोदीको पोस्टमा बालेनको रिप्लाई : नेपाल–भारत सम्बन्ध परिणाममुखी हुने विश्वास छ
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
निर्वाचन सफलतापूर्वक सम्पन्न भएकाेमा नेपाललाई पाकिस्तानले दियो बधाई
यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू
टी–२० विश्वकप विजेता भारतलाई १ करोड ४० लाख डलर पुरस्कार
प्रतिक्रिया