नवलपरासीकाे सिरुघारीमा मानव कङ्काल फेला

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती–१७ बरौलीस्थित सिरुघारीमा मानव कङ्काल फेला परेको छ ।
मुस्कान होटल पछाडिको खेतमा रहेको शिरुको झाडीमा मानव कङ्काल फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक साजनकुमार शर्माले जानकारी दिए ।
कङ्कालको माथि सेतो धर्का परेको सर्ट र तल कालो कपडा बेरिएको अवस्थामा बुधबार फेला परेको उनले बताए । सो कङ्काल महिला वा पुरुषको हो भन्नेसमेत पहिचान हुन नसके पनि सर्टको खल्तीमा लाइटर र नजिकमा चप्पलसमेत भेटिएकाले उक्त कङ्काल पुरुषको हुनसक्ने भन्दै अनुसन्धान अगाडि बढाइएको सूचना अधिकारी शर्माको भनाइ थियो ।
फेला परेको कङ्काल हत्या गरेर फालिएको वा आत्महत्या भन्ने यकिन हुन सकेको छैन । जङ्गलभित्र रहेको उक्त होटल पछिल्लो सात आठ महिनादेखि बन्द अवस्थामा रहेको प्रहरीले जनाएको छ । यहाँ आवतजावत कम हुने भएकाले घटना लामो समयपछि बाहिरिएको हो ।
घटनास्थल नजिक रहेको रुखमा डोरी भेटिएको र सोही डोरीबाट शव खसेपछि कुकुर वा स्यालले तानेर अन्यत्र लगेकाले स्थानीयवासीले थाहा पाएको हुनसक्ने प्रमरम्भिक अनुसन्धानबाट खुलेको छ । कङ्काल अहिले मध्यविन्दु जिल्ला अस्पतालमा राखिएको तथा डिएनए परीक्षणका लागि काठमाडौँ पठाइने सूचना अधिकारी शर्माले जानकारी दिए।
















धनुषामा बस दुर्घटना हुँदा चालकसहित १७ जना घाइते
नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बाढीका कारण सिद्विचरण राजमार्ग पूर्ण रुपमा अवरुद्ध
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
धादिङ केन्द्रबिन्दु भएर भूकम्प
अमेरिकामा विद्युतीय सवारीमा प्राविधिक समस्या, २ लाख बढी सवारी फिर्ता सुरु
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा कालिकोटमा राहत वितरण
प्रतिक्रिया